मंगलाघाटमा छिट्टै सडक कालोपत्रे गर्ने निर्माण ब्यवसायीको प्रतिवद्धता

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–७ मंगलाघाटमा जति सक्दो छिटो सडक कालोपत्रे गर्ने सम्बद्ध कार्यालय र निर्माण ब्यवसायीले प्रतिवद्धता जनाएका छन् ।

सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङ मार्फत सञ्चालित मंगलाघाट–हाडेभिर–बगरफाँट र पुर्बाधार बिकास कार्यालयले सञ्चालन गरेको बेनी–दरवाङ सडक आयोजना अन्तरगत मंगलाघाटमा सडक कालोपत्रेमा ढिलाई भएपछि शुक्रबार बिहान स्थानीयबासीले आन्दोलन गरेका थिए ।

धुलो र हिलोले आजित भएका मंगलाघाटका बासिन्दाले सडक निर्माण सुरु गराउन दवावका लागि जिल्ला प्रशासन कार्यालय घेराउ र बेनी–दरवाङ सडकमा बिहान ८ देखि ९ बजेसम्म एक घण्टा चक्काजाम गरेका थिए ।

Shreekrishna hardwear in news

जिल्ला प्रशासन कार्यालयमा सम्बद्ध कार्यालय र निर्माण कम्पनीका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, सुरक्षा अधिकारी, बेनी नगरपालिकाका जनप्रतिनिधी र प्रभावित क्षेत्रका बासिन्दाका प्रतिनिधिहरुको अनौपचारिक छलफल भएको थियो ।

छलफलमा मंगलाघाट–हाँडेभिर–बगरफाँट सडक आयोजनाका निर्माण ब्यवसायी नारायण जिसीले बैशाखमहिना भित्रनै मंगलाघाटको सडक कालोपत्रे गरिसक्ने तथा बेनी–दरवाङ सडक आयोजनाको पहिलो प्याकेजको ठेकेदार कम्पनी लामा–समानान्तर जेभीका प्रतिनिधीले तत्कालै सामुदायिक चोक र मंगलाघाट क्षेत्रमा काम सुरु गर्ने प्रतिबद्धता जनाएका बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

निर्माण ब्यवसायी र सम्बद्ध कार्यालयले प्रतिवद्धता अनुसार सडक कालोपत्रे गर्न बेवास्ता गरेपछि टोल सुधार समिति, वौद्ध युवा क्लव र आमा समूहले बाध्य भएर संयुक्त आन्दोलन गरेको महारानी टोल बिकास संस्थाका अध्यक्ष खिमबहादुर छन्त्यालले बताउनुभयो ।

सडक कालोपत्रेमा भएको ढिलासुस्तिले नागरिकलाई सास्ति, आवत जावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ । मंगलाघाट मंगला, मालिका र धवलागिरी गाउँपालिका तथा हाडेभिर भकिम्ली, सिंगा र बरंजालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको प्रवेशबिन्दु हो ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ माघ २२ गते देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले पाँच करोड रुपैयाँमा ठेक्का लिएको मंगलाघाट–हाडेभिर–बगरफाँट सडक योजनाको म्याद २०७७ माघमा सकिएको थियो । कोरोनाका कारण छ महिना म्याद थप भएको यो आयोजनाका निर्माण ब्यवसायीले यसै हप्तादेखि बगरफाँट क्षेत्रमा नाली निर्माण सुरु गरेका छन् ।

करिब ४३ करोड रुपैयाँमा ठेक्का लिएका बेनी–दरवाङ सडक आयोजनाको ठेकेदार लामा–समानान्तरण जेभीले बेनी–सामुदायिक अगाडी कालोपत्रेको तयारी गरेपनि मंगलाघाटमा करिब ५०० मिटर सडक मापदण्ड अनुसार काम गर्न नपाएको भन्दै काम थालेका छैनन् । ११ मिटर सडक फराकिलो बनाउने ठेक्का सम्झौता भएपनि सडकको क्षेत्राधिकारमा घरहरु भएकाले काम गर्न नसकेको निर्माण ब्यवसायीको भनाई छ ।

बेनी नगरपालिकाले मंगलाघाटको भ्याउनीखोला सम्मको सडकको क्षेत्राधिकार ८ मिटर कायम गरेको छ । भ्याउनीखोला देखि तातोपानी सम्मको सडक बिस्तार, नाली र पर्खाल निर्माणको काम अन्तिम चरणमा पु¥याएको लामा–समानान्तरणले कालोपत्रेका लागि बेस र सब बेस हालेर रोलरले पेल्न थालेको छ ।

सघन सहरी मार्फत सञ्चातिल आयोजना अन्तरगत २०७५ साउनमै मंगलाघाटको तल्लो बजार क्षेत्रमा करिब दुई सय मिटर सडक ढलान गरेका देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीका प्रतिनिधि नारायण जिसीले गर्मी तापक्रम आवश्यक पर्ने अक्सपाल्ट प्रबिधिको पलान्ट ल्याएर फिटिङ भइरहेकाले बैशाख महिनाभित्रनै कालोपत्रे गरिसक्ने बताउनुभएको छ ।

कोरोनाको जोखिम, लकडाउन, भेरिएसन अर्डनमा भएको ढिलाई र पर्याप्त बजेट ब्यवस्थापन नहुँदा आयोजनाको काम प्रभावित भएको निर्माण कम्पनीका सञ्चालकहरुको तर्क छ । बि.स. २०७४ मा ठेक्का सम्झौता भएको बेनी–दरवाङ सडकको पहिलो प्याकेजको म्याद गत असोजमै सकिएको थियो ।

Bhautik ministry notice about road

बैठकमा सहभागी सम्बद्ध कार्यालयका प्रमुख र प्रतिनिधीहरुले दुवै आयोजनाका निर्माण ब्यवसायीलाई काम गर्न ताकेता गरिएको बताउदै अब काम नगरे घरौटी जफत, जरिवाना तिराउने र ठेक्का सम्झौता रद्द गर्ने गरी कारबाही प्रक्रिया अघि बढाउने बताएका थिए ।

मंगलाघाटमा छिट्टै सडक कालोपत्रे गर्ने निर्माण ब्यवसायीको प्रतिवद्धता
बेनी, ३ बैशाख । बेनी नगरपालिका–७ मंगलाघाटमा जति सक्दो छिटो सडक कालोपत्रे गर्ने सम्बद्ध कार्यालय र निर्माण ब्यवसायीले प्रतिवद्धता जनाएका छन् ।

सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङ मार्फत सञ्चालित मंगलाघाट–हाडेभिर–बगरफाँट र पुर्बाधार बिकास कार्यालयले सञ्चालन गरेको बेनी–दरवाङ सडक आयोजना अन्तरगत मंगलाघाटमा सडक कालोपत्रेमा ढिलाई भएपछि शुक्रबार बिहान स्थानीयबासीले आन्दोलन गरेका थिए ।

धुलो र हिलोले आजित भएका मंगलाघाटका बासिन्दाले सडक निर्माण सुरु गराउन दवावका लागि जिल्ला प्रशासन कार्यालय घेराउ र बेनी–दरवाङ सडकमा बिहान ८ देखि ९ बजेसम्म एक घण्टा चक्काजाम गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा सम्बद्ध कार्यालय र निर्माण कम्पनीका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, सुरक्षा अधिकारी, बेनी नगरपालिकाका जनप्रतिनिधी र प्रभावित क्षेत्रका बासिन्दाका प्रतिनिधिहरुको अनौपचारिक छलफल भएको थियो ।

छलफलमा मंगलाघाट–हाँडेभिर–बगरफाँट सडक आयोजनाका निर्माण ब्यवसायी नारायण जिसीले बैशाखमहिना भित्रनै मंगलाघाटको सडक कालोपत्रे गरिसक्ने तथा बेनी–दरवाङ सडक आयोजनाको पहिलो प्याकेजको ठेकेदार कम्पनी लामा–समानान्तर जेभीका प्रतिनिधीले तत्कालै सामुदायिक चोक र मंगलाघाट क्षेत्रमा काम सुरु गर्ने प्रतिबद्धता जनाएका बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

निर्माण ब्यवसायी र सम्बद्ध कार्यालयले प्रतिवद्धता अनुसार सडक कालोपत्रे गर्न बेवास्ता गरेपछि टोल सुधार समिति, वौद्ध युवा क्लव र आमा समूहले बाध्य भएर संयुक्त आन्दोलन गरेको महारानी टोल बिकास संस्थाका अध्यक्ष खिमबहादुर छन्त्यालले बताउनुभयो ।

सडक कालोपत्रेमा भएको ढिलासुस्तिले नागरिकलाई सास्ति, आवत जावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ । मंगलाघाट मंगला, मालिका र धवलागिरी गाउँपालिका तथा हाडेभिर भकिम्ली, सिंगा र बरंजालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको प्रवेशबिन्दु हो ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ माघ २२ गते देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले पाँच करोड रुपैयाँमा ठेक्का लिएको मंगलाघाट–हाडेभिर–बगरफाँट सडक योजनाको म्याद २०७७ माघमा सकिएको थियो । कोरोनाका कारण छ महिना म्याद थप भएको यो आयोजनाका निर्माण ब्यवसायीले यसै हप्तादेखि बगरफाँट क्षेत्रमा नाली निर्माण सुरु गरेका छन् ।

करिब ४३ करोड रुपैयाँमा ठेक्का लिएका बेनी–दरवाङ सडक आयोजनाको ठेकेदार लामा–समानान्तरण जेभीले बेनी–सामुदायिक अगाडी कालोपत्रेको तयारी गरेपनि मंगलाघाटमा करिब ५०० मिटर सडक मापदण्ड अनुसार काम गर्न नपाएको भन्दै काम थालेका छैनन् । ११ मिटर सडक फराकिलो बनाउने ठेक्का सम्झौता भएपनि सडकको क्षेत्राधिकारमा घरहरु भएकाले काम गर्न नसकेको निर्माण ब्यवसायीको भनाई छ ।

बेनी नगरपालिकाले मंगलाघाटको भ्याउनीखोला सम्मको सडकको क्षेत्राधिकार ८ मिटर कायम गरेको छ । भ्याउनीखोला देखि तातोपानी सम्मको सडक बिस्तार, नाली र पर्खाल निर्माणको काम अन्तिम चरणमा पु¥याएको लामा–समानान्तरणले कालोपत्रेका लागि बेस र सब बेस हालेर रोलरले पेल्न थालेको छ ।

सघन सहरी मार्फत सञ्चातिल आयोजना अन्तरगत २०७५ साउनमै मंगलाघाटको तल्लो बजार क्षेत्रमा करिब दुई सय मिटर सडक ढलान गरेका देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीका प्रतिनिधि नारायण जिसीले गर्मी तापक्रम आवश्यक पर्ने अक्सपाल्ट प्रबिधिको पलान्ट ल्याएर फिटिङ भइरहेकाले बैशाख महिनाभित्रनै कालोपत्रे गरिसक्ने बताउनुभएको छ ।

कोरोनाको जोखिम, लकडाउन, भेरिएसन अर्डनमा भएको ढिलाई र पर्याप्त बजेट ब्यवस्थापन नहुँदा आयोजनाको काम प्रभावित भएको निर्माण कम्पनीका सञ्चालकहरुको तर्क छ । बि.स. २०७४ मा ठेक्का सम्झौता भएको बेनी–दरवाङ सडकको पहिलो प्याकेजको म्याद गत असोजमै सकिएको थियो ।

बैठकमा सहभागी सम्बद्ध कार्यालयका प्रमुख र प्रतिनिधीहरुले दुवै आयोजनाका निर्माण ब्यवसायीलाई काम गर्न ताकेता गरिएको बताउदै अब काम नगरे घरौटी जफत, जरिवाना तिराउने र ठेक्का सम्झौता रद्द गर्ने गरी कारबाही प्रक्रिया अघि बढाउने बताएका थिए । मंगलाघाटका बासिन्दाहरुले गत हप्ता म्याग्दीमा सञ्चालित आयोजनाहरुको निरिक्षणमा आउनुभएका गण्डकी प्रदेशका भौतिक योजना मन्त्री रामशरण बस्नेत, सामाजिक बिकास मन्त्री नरदेवी पुन लगायतसँग पनि सडक निर्माणलाई तिब्रता दिन ध्यानाकर्षण गराएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...