शिक्षक संगठन धवलागिरीको दोस्रो अधिवेशन

Gandaki Ghumau

ताकम । नेपाल राष्ट्रिय शिक्षक संगठन धवलागिरी गाउँपालिका कमिटिको दोस्रो अधिवेशन शनिबार ताकममा सम्पन्न भएको छ ।

अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा संगठनको नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा ननसरा घर्ति, सचिबमा चिरञ्जिवी पौडेल, सहसचिबमा पार्वति सुबेदी, कोषाध्यक्षमा नरकुमारी भण्डारी र सहकोषाध्यक्षमा बिष्णु कडेल सुवेदी चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

सदस्यहरुमा सरस्वति आचार्य, भिमकुमारी केसी, माया गुरुङ, बिकास बिक, तिर्सना रसाइली, नबिन रोका, भोकबहादुर नेपाली, ठाकुर सुबेदी, देकप्रसाद खत्रि, संस्थापन सदस्यमा सुष्मा त्री, गिरीप्रसाद छन्त्याल, भिमप्रसाद पौडेल र रासबहादुर गोतामे चयन हुनुभएको छ ।

Shreekrishna

अधिवेशनमा संगठनका केन्द्रिय उपाध्यक्ष जंगबहादुर गर्बुजा, जिल्ला अध्यक्ष जयराम सुबेदी, गाउँपालिका स्तरीय शिक्षक महासंघका अध्यक्ष हरिहर पौडेल, गिरीप्रसाद छन्त्याल, हेम माविका प्रअ सेरबहादुर केसी, लोकबहादुर घर्ति, जगबहादुर किसान लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

वत्ताहरुले सरकारले शिक्षकहरुलाई निजामतिलाई भन्दा फरक ब्यवहार गर्न नहुने, बालशिक्षा सहयोगी कार्यकर्तालाई तोकिएको न्युनतम पारिश्रमिकको ब्यवस्था गर्नुपर्ने, प्रस्तावित मावि र निमावीमा दरबन्दी सिर्जना गरि शिक्षक सेवा आयोग मार्फत पदपुर्ति गर्नुपर्ने बताउनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...