अर्वाङका युवाहरु सरसफाई अभियानमा

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ अर्वाङका युवाहरु सरसफाई अभियानमा जुटेका छन् ।

वातावरणीय सरसफाई कायम राखेर प्रदुषण र फोहोरका कारण हुने स्वास्थ्य समस्या न्युनीकरण गर्ने उद्देश्यले अर्वाङको प्रगति युवा क्लवले सरसफाई अभियान थालेको हो ।

क्लवको नेतृत्वमा दुई दिनसम्म बेशी, अर्वाङ, हाङवाङ, पन्थोक, घण्टीवाङ, रिख, थापाघरीमा सडक, पदमार्ग, खोला र धारा लगायत सार्वजनिक ठाउँमा सरसफाई गरेका हुन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

ठूलोखोला र सानोखोलाको बगर क्षेत्रमा फालिएका कपडा, सिसा, पलास्टिकजन्य फोहोरलाई संकलन गरेर ब्यवस्थापन गरिएको क्लवका अध्यक्ष चक्र पुनले बताउनुभयो । सरसफाई कार्यक्रममा शुक्रबार २० जना र शनिबार २७ जना परिचालन भएका थिए ।

क्लवले वातावरण प्रदुषणको समस्या न्युनीकरणका लागि कुहिने फोहोर ब्यवस्थापन र नकुहिने फोहोरलाई जथाभावी नफाल्न आग्रह गर्दै सार्वजनिक सुचना जारी गरेको छ । वडा र गाउँपालिकाका अन्य टोल बस्तिमा पनि नियमित सरसफाई अभियान सञ्चालन गर्न क्लवले आग्रह गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...