दिवंगतको स्मृतिमा भवन बनाउन अभियान

Gandaki Pardesh notice

बेनी । गत असार महिनाको पहिरोमा ज्यान गुमाएकाहरुको म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका दिवंगतहरुको स्मृतिमा सामुदायिक भवन निर्माण गर्न आर्थिक संकलन अभियान सुरु भएको छ ।

मराङ घर भई रोजगारी, अध्ययन, पेशा, ब्यवसायको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेकाहरुको पहलमा भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्न सुरु भएको हो ।

पहिरोमा आमा र भाइलाई गुमाएका कल्लेनी घर भई हाल अस्टे«लीयामा रहनुभएका राम केसीले एक लाख रुपैयाँ सहयोग गरेर आर्थिक संकलन अभियानको सुरुवात गर्नुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नेपालमा मराङका चक्र पुन, अमेरिकामा धु्रब केसी, जापानमा घनमाया पुन गुरुङ्ग, साउदीमा मनु पुन लगायतको अगुवाइमा अभियान चलाइएको छ । वडा कार्यालयसँग समन्वय र साझेदारी गरेर उपयुक्त स्थानमा १०० जना क्षमताको सामुदायिक भवन बनाउने योजना रहेको छ ।

टच मराङ ग्लोबलसंस्थासँग पनि समन्वय गरिएको छ । अभियानमा अरुलाई जोड्ने अगुवाई गर्नुभएका केसीले बताउनुभयो । आगामी भदौ असोज सम्म आर्थिक संकलन गरेर वडा कार्यालय र टच मराङ ग्लोवलसँग समन्वय गरि भवन निर्माण सुरु गर्ने लक्ष्य छ ।

पहिरोमा ज्यान गुमाएकाहरुको सम्झनाका लागि भवन बनाउने सोच पलाएको केसीले बताउनुभयो । २०७७ असार २५ र २६ गतेको पहिरोमा मराङको राम्चे, कल्लेनी, ठुलोगाउँ, रिख लगायतका ठाउँमा पहिरोमा परेर १९ जनाको निधन र दुई जना वेपत्ता भएका थिए । पहिरोबाट क्षति पुगेका भौतिक संरचना र निजी आवास पनि पुननिर्माण सुरु भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...