पत्रकार महासंघ म्याग्दीमा आचार्य र पौडेल प्यानलको प्रतिस्पर्धा

Gandaki Kotihome

बेनी । नेपाल पत्रकार महासंघ, म्याग्दी जिल्ला शाखाको आगामी नेतृत्वका लागि आइतबार दुई वटा समूहको उमेद्वारी दर्ता भएको छ ।

चैत २५ गते देशभर एकैसाथ हुने पत्रकार महासंघको मतदान प्रक्रियाबाट चयन हुने नेतृत्वका लागि ठाकुरप्रसाद आचार्य र प्रकाश पौडेल समूहबाट उमेद्वारी दर्ता भएको हो ।

जिल्ला समन्वय समितिमा स्थापना भएको पत्रकार महासंघको निर्वाचन समितिको कार्यालयमा आचार्य समूहको प्यानलबाट उपाध्यक्षमा हरिकृष्ण शर्मा गौतम, महिला उपाध्यक्षमा रेखा रेग्मी, सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा राकेश शर्मा, खुल्ला सहसचिवमा धिरन खत्री, समावेशी सहसचिबमा साधन घर्ति राम्जालीको उमेद्वारी परेको छ ।

Upper Myagdi transmition line notice

त्यस्तै पौडेल समुहबाट उपाध्यक्षमा गोरखनाथ सुवेदी, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री, सचिवमा प्रताप बानियाँ, सह–सचिवमा प्रमोद शर्मा, समावेशी सहसचिवमा धनबहादुर रोकामगर र कोषाध्यक्षमा अमित विश्वकर्माको उम्मेद्वारी दर्ता भएको निर्वाचत समितिका संयोजक प्रेमबहादुर कार्कीले बताउनुभयो ।

Annapurna aarohan ko notice

आचार्यको समुहबाट खुल्ला सदस्यमा कमल खत्री, सन्दीप खत्री, साजन नेपाली, अनिल पौडेल, गणेश गुरुङ, महिला सदस्यमा जेनिशा पुरी, दलित सदस्यमा पदम विश्वकर्मा, अन्य समावेशी सदस्यमा हिमबहादुर छन्त्यालको उमेद्वारी दर्ता भएको छ ।

पौडेललको प्यानलबाट सदस्यमा कृष्ण जिसी, अमृत बास्कुने, ममता बराईली, नजरानासिहँ ठकुरी, प्रतिक्षा खत्री, सिजन रोका, शिव बोहोरा, सन्दिप शर्मा रिजालले उमेद्वारी दर्ता गराउनुभएको छ ।

केन्द्रिय परिषद सदस्यमा आचार्य प्यानलका ध्रुबसागर शर्मा र सविता बानियाँ, प्रदेश परिषद सदस्य पदका लागि बिक्रम बोगटी र निर्मल खत्रीको उम्मेद्वारी दर्ता भएको छ । पौडेल प्यानलबाट केन्द्रिय परिषद सदस्यका लागि घनश्याम खड्का र तारानाथ शर्मा, प्रदेश परिषद् सदस्यमा अमर बानियाँ, देवीप्रसाद शर्मा, प्रकाश पौडेल र रामचन्द्र गौतमको उमेदवारी दर्ता भएको छ ।

त्यस्तै महासंघको पदाधिकारीमा स्वतन्त्रबाट जनजाती सदस्यमा सुर्दशनकुमार श्रेष्ठ र खुल्ला सदस्यमा प्रकाश रेग्मीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । वर्तमान कार्यसमित सहित लगातार दुई कार्यकाल शाखा उपाध्यक्षमा रहेका अध्यक्षका प्रत्यासी आचार्य गोरखापत्र दैनिकका म्याग्दीका संवाददातासंगै नवविकल्प साप्ताहिक पत्रिका र विकल्प न्युज डटकमका प्रकाशक हुनुहुन्छ । पौडेल बागलुङको धौलागिरी टेलिभिजनका प्रबन्ध निर्देशक हुनुहुन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...