पत्रकार महासंघका उमेद्वार जिल्ला दौडाहमा

Gandaki Ghumau

बेनी । नेपाल पत्रकार महासंघको आसन्न २६ औ महाधिवेशनबाट चयन हुने तिनै तहका उमेद्वारहरुले म्याग्दीमा चुनाव प्रचार सुरु गरेका छन् ।

नेपाल प्रेस युनीयन, प्रेस संगठन, प्रेस चौतारी (माधव समूह), प्रगतिशिल पत्रकार संघ लगायत ११ वटा संगठन र प्रेस चौतारी (ओली) समूह सम्बद्ध पत्रकार संगठनका उमेद्वारहरुले शनिबार बेनीमा फरक फरक कार्यक्रम गरेर चुनाव प्रसार थालेका हुन् ।

११ संगठनको प्यानलबाट केन्द्रिय सदस्यका उमेद्वार त्रिभुवन पौडेल, प्रदिप काफ्ले, प्रदेश अध्यक्ष नारायण शर्मा, उपाध्यक्ष दिपक भट्टराई, महिला उपाध्यक्ष सोनी शर्मा, महासचिव गोबिन्द सुबेदी, सचिव यदुनाथ बञ्जरा, समावेशी सचिव कैलाशबाबु श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र न्यौपानेको टोलीले बेनीबाट चुनाव प्रचार सुरु गरेको हो ।

Shreekrishna
Gunasthariya Shiksya

पत्रकार महासंघका पुर्ब उपाध्यक्ष समेत रहेका प्रेस संगठनका नेता खिलाबहादुर भण्डारीको नेतृत्वमा रहेको सो समूहको चुनाव प्रचार समूहमा सहभागी प्रेस युनियनका प्रदेश संयोजक टंक अधिकारी, प्रेस चौतारीका प्रदेश इञ्चार्ज हरिनारायण गौतम, प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य राम सुबेदीले प्रतिगमन र असंबैधानिक कदमका बिरुद्ध, प्रेस स्वतन्त्रता, श्रमजिवी पत्रकारको पेशागत सुरक्षा, हकहित, वृत्तिबिकासका लागि साझा उमेद्वार बनाएर चुनावमा उत्रिएको बताउनुभयो ।

यसैगरी प्रेस चौतारी (ओली) समूहका केन्द्रिय सदस्य राम्जी लम्साल, गण्डकी प्रदेश अध्यक्षका उमेद्वार दिपेन्द्र श्रेष्ठ, उपाध्यक्ष इन्द्र पौडेल, महिला उपाध्यक्ष शान्ति गुरुङ, महासचिब दिल शिरिष, सदस्य रबिना बोहोराको टोलीले पनि बेनीमा शनिबार उमेद्वार र मतदाता भेटघाट गरेको थियो ।

म्याग्दीमा पत्रकार महासंघको आसन्न निर्वाचनमा ६२ जना मतदाता छन् । प्रेस चौतारीको (ओली समूह)को एउटा र प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी (माधव नेपाल) समूहको अर्को प्यानल बीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

शनिबार साँझसम्म दुवै समूहले म्याग्दीमा औपचारिक रुपमा उमेद्वारी घोषणा गरिनसकेकाले सर्वसम्मत नेतृत्व चयनको पहल भएको बुझिएको छ । यद्यपी दुबै समूहको पद बिभाजन र बाँडफाडमा सहमति जुट्न सकेको छैन् ।

आइतबार जिल्ला कार्यसमितिको चुनावका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम छ । देशभर एकै पटक महासंघको जिल्ला, प्रदेश र केन्द्रिय नेतृत्व चयन गर्न प्रत्यक्ष मतदान हुन लागेको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...