बेनी बचतले मनायो सहकारी दिवस

Gandaki Pardesh notice

बेनी । बेनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर ६४ औ राष्ट्रिय सहकारी दिवस मनाएको छ ।

“मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी” भन्ने मुल नाराका साथ बेनी बजारका सहकारी संस्थाका पदाधीकारी र प्रबन्धकहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम गरेर दिवस मनाएको हो ।

कार्यक्रममा सहभागिहरुले पुँजी निर्माण, परिचालन र आर्थिक बिकासमा महत्वपूर्ण योगदान गरेका सहकारी संस्थाहरुको ब्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउन नियमनकारी निकायको सक्रियता आवश्यक देखिएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

स्थानीय तह र प्रदेश सरकारसँग सहकारी हेर्ने कर्मचारीको अभाव हुँदा समस्या देखिएको सहभागी सहकारीकर्मीहरुको भनाई थियो । सहकारीको भावना, मर्म र सिद्धान्त अनुसार स्वच्छ प्रतिस्पर्धाको वातावरण बनाउन आवश्यक भएको बताएका थिए ।

सहकारीहरुबीच नीतिगत एकरुपताको आवश्यकता औल्याइएको थियो । बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले एक अर्कामा शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...