बेनी–जोमसोम सडकमा ६ दिनपछि सिधा यातायात सञ्चालन

Gandaki Pardesh notice

निरज थकाली
जोमसोम । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा छ दिनपछि सिधा यातायात सञ्चालन भएको छ ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोलाको भिरमा बिस्फोटक पदार्थको प्रयोग गरी सडक बिस्तार गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले चैत १४ गतेदेखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द गरेको थियो ।

आयोजनाका सूचना अधिकारी इञ्जिनियर अश्विनीकुमार यादवले सडक मर्मतको काम सकिएपछि शुक्रबार बिहान देखि सवारी सञ्चालन गरिएको जानकारी दिनुभयो । अक्करे भिरको साँघुरो सडक बिस्तार गर्न बिस्फोट पदार्थको प्रयोग गर्दा हुने सम्भावित जोखिम र दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सडक सञ्चालन भएपछि बेनी र जोमसोम तर्फ सिधा यातायातका साधन चल्न थालेका आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । काभ्रेभिर र कैकुखोला खण्ड बाहेकका ठाउँमा सवारी साधन परिवर्तन गरेर यात्रुलाई गन्तब्यमा पुग्ने ब्यवस्था मिलाएका थिए । सडक बन्द हुदाँ स्थानीयबासी, पर्यटक, तिर्थयात्री र ब्यवसायीहरु प्रभावित भएका थिए । मानिसहरु गाडी परिवर्तन गरेर आवत जावत गरेपनि ढुवानी रोकिएको थियो ।

बेनी–जोमसोम सडक ४ वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज नम्बर २ को काभ्रेभीरमा गत पुस १९ गते देखि सडक चौडा गर्न शर्मा– गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहा एक किलोमिटर छ सय मिटर दुरिमा पहाड काट्नु पर्ने जनाईएको छ ।

काभ्रेभीर बेनी–जोमसोम सडकको जोखिमयुक्त खण्ड मानिन्छ । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा पारेको हो । यस्तै सोही खण्डको थासाङ—४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ ।

करिब रु. ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना बि.स. २०७४ बाट निमार्ण सुरु भएको हो । ११० किलोमिटर दुरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । गलेश्वर देखि बेगखोला सम्मको ७ किलोमिटर सडक पनि कालोपत्रेका लागि तयार भएको छ ।

कोरिडोरका अनुसार जोमसोम–कोरला सडकको ७ प्याकेज मध्ये ४ प्याकेजको काम निर्माण सकिएको । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम –कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...