बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द हुने समय दुई दिन थपियो

Gandaki Kotihome

बेनी । बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ ।

बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्निति र बिस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले तिब्र रुपमा भैरहेको सडक बिस्तारको कामलाई पूर्णता दिन दुई दिन समय थप गर्ने निर्णय गरेको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रशासन शाखा प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । प्रजिअ पौडेल सहित सुरक्षा र आयोजनाका अधिकारीहरुले सडक निर्माण स्थलको स्थलगत निरिक्षण गरेपछि समय थप गर्नुपर्ने निष्कर्ष निकाल्नुभएको हो ।

Upper Myagdi transmition line notice

यसअघि चैत १४ गतेदेखि १७ गतेसम्मलाई बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द गरिएको थियो । उत्तरी÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा सवारी सञ्चालन बन्द छ ।

सडक स्तरोन्नति, बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम र दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नु परेको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताउनुभयो ।

Annapurna aarohan ko notice

सडक बन्द हुने स्थान बाहेकका ठाउँमा भने सवारी चलेका छन् । यातायात ब्यवसायीले सवारी साधन परिवर्तन गरेर गन्तब्यमा पुग्ने ब्यवस्था मिलाएका छन् । म्याग्दी र मुस्ताङ खण्डको आन्तरिक यातायात सेवामा भने असर नपर्ने बताइएको छ । बेनी–जोमसोम ७६ किमी सडक ४ प्याकेजमा स्तरोन्नति भइरहेको छ ।

प्याकेज नम्बर २ को काभ्रेभीरमा गत पुस १९ गते देखि सडक चौडा गर्न शर्मा– गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहा एक किलोमिटर छ सय मिटर दुरिमा पहाड काट्नु पर्ने जनाईएको छ ।

काभ्रेभीर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ—४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ ।

करिब रु. ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना बि.स. २०७४ बाट निमार्ण सुरु भएको हो । ११० किलोमिटर दुरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।

कोरिडोरका अनुसार जोमसोम–कोरला सडकको ७ प्याकेज मध्ये ४ प्याकेजको काम निर्माण सकिएको । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम –कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगती भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...