मुक्तिमार्गमा छात्रवृत्ति बितरण र खेलकुद सामग्री हस्तान्तरण

Gandaki Ghumau

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविका बिद्यार्थीलाई छात्रवृत्ति बितरण र खेलकुदका सामग्री हस्तान्तरण गरिएको छ ।

घार घर भई हाल काठमाडौमा बस्दै आउनुभएका बिद्यालय ब्यवस्थापन समितिका सल्लाहकार प्रशान्त मोहन रेग्मीको समन्वयमा जर्मनको हिमालयन फ्रेण्ड्स संस्थाको आर्थिक सहयोगमा तीन लाख छ हजार ७२८ रुपैयाँ बराबरको छात्रवृत्ति बितरण र खेलकुदका सामग्री हस्तान्तरण भएको हो ।

Gunasthariya Shiksya
Shreekrishna

बालकक्षाका लागि शैक्षिक एवम् खेल सामग्री पनि उपलब्ध गराइएको थियो । रेग्मीको पहलमा यसअघि मुक्तिमार्ग माविको भवन निर्माणका लागि हिमालय फ्रेण्डस संस्थाले १६ लाख रुपैयाँ सहयोग गरेको थियो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यामबहादुर खड्काको अध्यक्षता, शिक्षक बिमल बरुवालको सञ्चालन र सहायक प्रअ ठगराज बरुवालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य चेतकुमारी खड्का, प्रअ मेखबहादुर खड्का, वडा सदस्य रामबहादुर खड्का, राजाराम बरुवाल, सहयोगदाता प्रशान्तमोहन रेग्मीले मन्तब्य व्यक्त गर्नुभएको शिक्षक रामकृष्ण खड्काले जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...