गुड नेवर्सद्धारा स्थापना दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

khali

सिंगा, गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीले आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा धवलागिरी माध्यामिक विद्यालय, सिंगा तातोपानीमा अध्ययनरत १६ जना सुनाईमा समस्या भएका विद्यार्थीलाई बेनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलको उपस्थितीमा शैक्षिक सामाग्री वितरण गरेको छ ।
सन् १९९१ मा दक्षिण कोरिया स्थित सिओलमा सुविधाबाट बञ्चित भएका बालबालिकाहरुलाई सहयोग गर्न स्थापना भएको गुड नेवर्स इन्टरनेशनल संस्था त्यो समयमा विशेष गरि अपाङ्गता भएका बालबालिका सहयोग कार्यक्रम, अनाथलय सञ्चालन, गरिव विधुवाहरुको लागि घरको व्यवस्था, ग्रामिण समुदाय विकास आदि जस्ता परियोजना सञ्चालन गरेको थियो भने हाल विभिन्न परियोजना मार्फत विश्व भरिका विभिन्न देशका मानिसहरुको गुणस्तिरिय जिवन, गुणस्तरिय शिक्षा प्राप्त गर्न र विभिन्न समयमा हुने प्राकृतिक विपत्तीबाट हुने हानी नोक्सानीमा सहयोग पनि गर्दै आएको छ ।

khali


कार्यक्रमको बारेमा र सहयोग गर्नुको उद्देश्य आदिका बारेमा वृस्तिृत रुपमा जानकारी गुड नेवर्स इन्टरनेशनल नेपाल, म्याग्दीका जिल्ला संयोजक खेम बहादुर रोकायाले गराउनु भएको थियोे । यसै गरि कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा बेनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलले आफ्नो स्थापना दिवसको अवसरमा सुन्नमा समस्या भएका बालबालिकालाई शिक्षण सिकाई अति आवश्यक हुने शैक्षिक सामाग्रीहरुले (कापी, कलम र विद्यालय झोला) फरक क्षमता भएका बालबालिकाको पढाईमा हौसला प्रदान गर्ने र आगामी दिनमा पनि विभिन्न निकायहरुको साथ सहयोगको अपेक्षा राख्नु भएको थियो । वि.सं. २०६२ देखि धवलागिरी विद्यालय सिंगामा बहिरा कक्षा सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक डन्डपानी सापकोटाले बताउनु भयो ।
शैक्षिक सामाग्री हस्तानान्तरण कार्यक्रममा धवलागिरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भगवान खड्का, संगम म्याग्दीका सदस्य हिरा पाध्याय, संगम म्याग्दीका शिक्षा विकास अधिकृत चन्द्र प्रकाश बुढा, कदम म्याग्दीका प्रशासन तथा लेखा अधिकृत नम्रता सुवेदी लगायत विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थिती थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...