गितबाट बेनी चिनाउने कलाकार श्रेष्ठ रहनुभएन्

Gandaki Pardesh notice

बेनी । चर्चित “बेनीको बजार, जता माया उतै छ नजर,” बोलको गितका सर्जक गायक टिकाबहादुर श्रेष्ठको निधन भएको छ ।

लोक गित मार्फत म्याग्दीको सदरमुकाम बेनी बजारको पहिचान स्थापित गर्न योगदान गर्नुभएका श्रेष्ठको बिहिबार बुटवलमा ७५ वर्षको उमेरमा निधन भएको हो । आफन्त समेत रहनुभएका नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले कलाकार श्रेष्ठको मृत्यु भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको छ ।

म्याग्दीमा जन्मनुभएका श्रेष्ठ मृगौला सम्बन्धी रोगबाट थलिनुभएको थियो । पारिवारिक स्रोतका अनुसार श्रेष्ठले मृगौलाको डायलाइसीस गर्दै आउनुभएको थियो । श्रेष्ठले बि.स. २०३१ मा रेडियो नेपालमा श्रीमति मन छन्त्यालसँगै गएको “बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल” बोलको गित रेकर्ड गराउनुभएको थियो ।

Shreekrishna hardwear in news

यो गितले बेनी बजारलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन महत्वपूर्ण योगदान गरेको छ । बि.स. २०११ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा काठमाडौको राष्ट्रिय नाचघरमा पहिलो पटक बेनीको बजार बोलको गित गुञ्एिको थियो ।

Bhautik ministry notice about road

टिकाबहादुर र मनको जोडीले गाएको यो गितले तत्कालीन १४ वटै अञ्चलबाट प्रतियोगितामा सहभागी हुन आएका कलाकारको प्रस्तुतिलाई उछिनेर उत्कृष्ट भएको थियो । श्रेष्ठले म्याग्दीमा शिक्षण पेशा पनि गर्नुभएको थियो ।

तत्कालिन धौलागिरी अञ्चलका अञ्चलाधिशको सिफारिसमा उहाँहरु गित प्रस्तुत गर्न काठमाडौ पुग्नुभएको थियो । स्वर्गीय कलाकार श्रेष्ठलाई म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी जेसीज लगायत संघ संस्थाले सम्मान गरेका थिए ।

मृगौला सम्बन्धी समस्याले थला परेपनि उहाँ सांगितिक क्षेत्रसँग नजिकै हुनुहुन्थ्यो । तबला, हर्मोनीयम लगायत बाद्यबाधनका थुप्रै बाजा बजाउने कला पनि श्रेष्ठसँग थियो । बिरामी परेपछि पछिल्लो एक दशकयता श्रेष्ठ गुमनाम हुनभएको थियो ।

बेनीलाई चिनाउन योगदान गर्नुभएका श्रेष्ठको निधनले म्याग्दीको कलाकारिता श्रेष्ठमा अपुरणीय क्षति पुगेको बताइएको छ । श्रेष्ठले सिर्जना गरेको बेनीको बजार… बोलको गित आम नेपाली मात्र नभएर बिदेशबाट घुम्न आएका पर्यटकहरुले पनि गुनगुनाउछन् । सरल शब्द, सुरिलो स्वर र मिठासपूर्ण प्रस्तुतिले बेनीको बजार.. गित धेरैले सम्झने गर्छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...