स्थापना दिवसको अवसरमा पश्चिम नेपालको रक्तदान

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दरवाङमा केन्द्रिय कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले बुधबार १४ औ स्थापना दिवस मनाएको छ ।

सदरमुकाममा रहेको बेनी अस्पताल परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएको सहकारीले जनाएको छ । संस्थाका सञ्चालक, कर्मचारी, सेयर सदस्यहरुले रक्तदान गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा कार्यक्रम गरिएको थियो ।

Bhautik ministry notice about road

२५ जनाले रक्तदान गर्नुभएको संस्थाका प्रबन्धक सदन कडेलले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । संस्थाले ग्रामिण क्षेत्रको आर्थिक गतिबिधिका साथै सामाजिक क्षेत्रमा गरेको योगदान सकारात्मक भएको उहाँको भनाई थियो ।

Shreekrishna hardwear in news

संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गर्नुभएका सचिव हरिप्रसाद पौडेलले गतिबिधि र अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । बि.स. २०६३ चैत ११ गते दरवाङमा स्थापना भएको संस्थाको बाबियाचौर, ताकम, सिंगा तातोपानी, बेनी, भगवति र पोखरेबगरमा सेवा केन्द्र छन् । पश्चिम नेपाल म्याग्दीमा धेरै सहकारी संस्था गाभिएर बनेको सहकारी हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...