बेनी–जोमसोम सडक चैत १४ देखि १७ गतेसम्म बन्द हुने

Gandaki Pardesh notice

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ ।

उत्तरी÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तरगत ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले सोमबार एक सूचना जारी गरेर सडक स्तरोन्नति र निर्माणका लागि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बेनी–जोमसोम सडकमा चार दिन सवारी साधन आवत जावत रोकिने जानकारी गराउनुभएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रेभीर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका–४ को कैकु खोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नु परेको प्रशासनले जनाएको छ ।

कालिगण्डकी करिडोर अन्र्तगत बेनी–जोमसोम ७६ किमी सडक ४ प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज नम्बर २ को काभ्रेभीरमा पुस १९ गते देखि सडक चौडा गर्न शर्मा– गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहा एक किलोमिटर छ सय मिटर दुरिमा पहाड काट्नु पर्ने जनाईएको छ ।

काभ्रेभीर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ—४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ । सडक स्तरोन्नति गरी सडक सडक सहज बनाउन जिल्ला सडक सुरक्षा समितिले यसप्रकारको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

झन्डै रु. ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना बि.स. २०७४ बाट निमार्ण सुरु भएको हो । ११० किलोमिटर दुरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । कोरिडोरका अनुसार जोमसोम–कोरला सडकको ७ प्याकेज मध्ये ४ प्याकेजको काम निर्माण सकिएको । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम –कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगती भएको आयोजनाका अधिकारीहरुले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...