निशूल्क आँखा परिक्षण शिविर लिएर म्याग्दीका लायन्सकर्मी गाउँ गाउँमा

Gandaki Pardesh notice

गंगा पुन
भुरुङ्ग–तातोपानी, अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानी र रघुगंगा गाउँपालिकाको भगवतिमा शुक्रबार निशूल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । दुवै ठाउँमा भएको शिविरबाट ४५१ जनाले सेवा लिएका छन् ।

भुरुङ्ग तातोपानीमा लायन्स क्लव अफ अन्नपूर्ण र बेनी म्याग्दीले भुरुङ्ग–तातोपानीमा आयोजना गरेको शिविरमा १८ जनाको आँखा परिक्षण गरिएको थियो । ८ जना मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका लायन्स क्लव अफ बेनी म्याग्दीका जोन चियर पर्सन ठाकुरप्रसाद शर्माले बताउनुभयो ।

बेनी अस्पतालको आँखा उपचार शाखाकी प्रकृति ढुङ्गाना सहितको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले शिविरको उद्घाटन गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी लायन्स क्लव अफ बेनी सिटी र म्याग्दी दोभानको आयोजनामा भगवतिमा भएको शिविरमा २७१ ज्नाको आँखाको परिक्षण भएको छ । ७ जना मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका छन् ।

लायन्स क्लव अफ म्याग्दी दोभानका अध्यक्ष शर्मिला थापाको अध्यक्षता, पबिधा केसीको सञ्चालन र बेनी सिटिका अध्यक्ष अमित बानियाको अध्यक्षतामा भएको शिविरको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

वडा अध्यक्ष रिम कटुवालले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । नेत्र ज्योति संघको आँखा उपचार केन्द्रका दिनेश बानिया लगायत स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो ।

म्याग्दीका लायन्स क्लवहरुले मुना, ताकम, दरवाङ र बाबियाचौरमा पनि आँखा परिक्षण शिविर आयोजना गरेका छन् । शिविरमा पहिचान भएका मोतिया बिन्दुका बिरामीहरुको बेनीमा १५ र १६ गते हुने शिविरमा निशूल्क शल्यक्रियाको ब्यवस्था मिलाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...