अन्नपूर्णका सुत्केरीलाई उपाध्यक्षको कोशेली

Gandaki Ghumau

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा र न्यानो कपडा बितरण गर्न सुरु गरेको छ ।

उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम अन्तरगत गत साउन महिना यता सुत्केरी भएकाहरुलाई कोशेली दिन थालिएको हो । गाउँपालिकाको महिला शाखाले प्रति सुत्केरीलाई आधा लिटर घ्यू, एक बट्टा हर्लिक्स, एक वटा बेबी सेट, आमा र बच्चाले लगाउने एक÷एक सेट कपडा उपलब्ध गराउने जनाएको छ ।

कार्यक्रम अन्तरगत पहिलो चरणमा वडा न. ५ का ८ र ६ का १८ जना सुत्केरीलाई पोषिला खानेकुरा र न्यानो कपडा बितरण गरिएको थियो । गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, शिखका कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजा पुन लगायत जनप्रतिनिधी, स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवाल, महिला बिकास निरिक्षक सबिना थापाको टोलीले सामग्री वितरण गर्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

कार्यक्रम मार्फत सुत्केरी र बच्चालाई भेटेर परिवार तथा छिमेकीलाई गर्भ, सुत्केरी र एक हजार दिनको महत्व, स्याहार सुसार, खानपान, पोषण, सरसफाईको बिषयमा जानकारी गराइएको छ । कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन लाख पचास हजार रुपैयाँ बिनियोजन गरेको छ ।

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यु, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन उपाध्यक्षसँग सुत्केरी घेटघाट कार्यक्रम सञ्चालन गरेको हो । चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्तसम्म अन्नपूर्ण गाउँपालिकामा ९० जना सुत्केरी भएका छन् ।

२०७८ असार मसान्तसम्म सुत्केरी हुनेले यो सुविधा पाउनेछन् । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्श दिने गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बरुवालले बताउनुभयो । बच्चाको ७५ प्रतिशत मानसिक तथा वौद्धिक विकास गर्भमै हुन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...