मंगलामा हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम

Gandaki Pardesh notice

बरंजा । म्याग्दीको मंगला गाउँपालिकाले महिलाको पोषण सुधारका लागि हजार दिनका आमासँगै उपाध्यक्ष कार्यक्रम सुरु गरेको छ ।

गर्भवति, सुत्केरी, दुई वर्षसम्मका बच्चा र आमाको पोषण, सरसफाई र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु गरेको हो । कार्यक्रम मार्फत गर्भवति, सुत्केरी र बच्चाहरुको खानपान, स्याहार सुसार, सरसफाईका बारेमा जानकारी गराउनुका साथै सामग्री वितरण गर्न थालिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो ।

वडा न. ३ बरंजामा बुधबार हजार दिनका आमाहरुलाई सरसफाइका सामग्री बितरण गरेर कार्यक्रम सुरु गरिएको थियो । वडा न. ३ र ४ का ६० जना आमाहरुलाई बच्चाको स्याहार सुसार र सरसफाइमा आवश्यक पर्ने नौ प्रकारका सामग्री बितरण गरिएको उपाध्यक्ष केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँपालिकाको पाँच वटै वडामा पुगेर गर्भवति र दुई वर्षसम्मका बच्चाका आमाहरुलाई अभिमुखीकरणका साथै स्वास्थ्य सामग्री बितरण गर्ने कार्यक्रम छ । तीन सय जनालाई सामग्री बितरण गर्ने लक्ष्य रहेको उपाध्यक्ष केसीले बताउनुभयो ।

हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बिनियोजन गरेको छ । गत वर्ष कोरोनाको जोखिम र लकडाउनका कारण कार्यक्रम सञ्चालन हुन सकेको थिएन् ।

मंगला–३ का वडा अध्यक्ष कबिन्द्र रोकाको अध्यक्षतामा बरंजा स्वास्थ्य चौकीमा भएको अभिमुखीकरण तथा स्वास्थ्य सामग्री बितरण कार्यक्रममा उपाध्यक्ष केसी, स्वास्थ्य शाखा संयोजक लेखनाथ रोका र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो । यसैगरी उपाध्यक्ष केसी, इञ्जिनियर सुजन पौडेल र वडा अध्यक्ष रोका सहितको टोलीले बरंजाको विभिन्न ठाउँमा निर्माण सम्पन्न भएका योजनाहरुको अनुगमन समेत गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...