जिसस प्रमुखद्धारा दानाको योजना अनुगमन

Gandaki Pardesh notice

गंगा पुन
दाना, । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसी नेतृत्वको टोलीले बुधबार अन्नपूर्ण गाउँपालिका–३ दानाका विभिन्न ठाउँमा सञ्चालित बिकास आयोजनाहरुको अनुगमन गर्नुभएको छ ।

Bhautik ministry notice about road

राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत ज्ञानप्रकाश माविको निर्माणाधिन चार कोठे भवन, सरस्वति आधारभूत बिद्यालय काभ्रेको शौचालय र बेनी–जोमसोम सडकको दाना खण्डमा भैरहेको कामको अनुगमन गर्नुभएको हो ।

निर्माणको अवस्थाको बारेमा जानकारी लिदै तोकिएको समयमा गुणस्तरीय हिसाबले काम गर्न उपभोक्ता समितिका पदाधीकारीहरुलाई जिसस प्रमुख केसीले निर्देशन दिनुभयो । यसैगरी दानाका बासिन्दाहरुले बेनी–जोमसोम सडक बिस्तारका क्रममा पहुँचवालाको जग्गा जोगाएको र सामान्य नागरिकको जग्गामा सडक बनाएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...