नेतृत्वले अवसरको सदुपयोग गरेर राजनीतिक निकास दिनुपर्छ– काँग्रेस बरिष्ठ नेता पौडेल

Gandaki Ghumau

बेनी । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वले अवसरको सदुपयोग गरेर राजनीतिक निकासका लागि उचित निर्णय लिनुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस म्याग्दीका पुर्ब सभापति डाक्टर भुपेन्द्रबहादुर खड्काको स्मृतिमा आइतबार बेनीमा भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले पार्टी नेतृत्वले राजनीतिक समस्या समाधानका लागि अग्रसरता लिनुपर्ने बताए ।

Shreekrishna

‘केपी ओलीसँग काँग्रेसले के लिनु छ र ढुलमुल ढुलमुल गर्नुप¥यो ? केही भए भन्नुप¥यो,’ नेता पौडेलले सभापति शेरबहादुर देउवाप्रति प्रश्न गरे ‘संसद भंग गर्ने, संबैधानिक निकायमा हस्तक्षेप गर्ने, अधिनायकबाद र सर्वसत्ताबाद, निरंकुशवाद लाड्नेलाई हिट गर्नुपर्छ । हामीले अब त्यसैसँग चोचोमोजो कही पनि गर्नुहुदैन् ।’

संघीय, प्रदेश नम्बर १ र बाग्मती प्रदेश सरकार बिरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई काँग्रेसले साथ दिएर बिस्थापित गर्न सकेको भए अहिलेको जटिल राजनीतिक अवस्था नआउने पौडेलको भनाई थियो ।

‘पद र सत्ता भन्दा भन्दा ब्यवस्था र संबिधानलाई बचाउनका लागि पार्टी नेतृत्वले उचित निर्णय लिन ढिला गर्नुहुदैन,’ पौडेलले भने ‘प्रजातन्त्र, संबिधानमाथि प्रहार गर्ने वर्तमान सरकारलाई बिस्थापित गर्न नेतृत्वले अवसर गुम्न दिनु हुन्न ।’

Gunasthariya Shiksya

सबै कम्युनिष्ट पार्टीलाई एकै हिसाबले हेर्न र ब्यवहार गर्न नहुने भन्दै नेता पौडेलले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर वर्तमान सरकारलाई जति सक्दो छिटो बिस्थापित गर्नुपर्ने स्पष्ट पारे ।

सत्ता स्वार्थका लागि मिलेका नेकपा एमाले र माओवादी केन्द्र भागबन्दा नमिलेर फेरी बिभाजन भएका बताउँदै उनले काँग्रेसले स्पष्ट अडान र नीति लिएर अघि बढेमा जनताले विश्वास गर्ने र साथ दिने बताए ।

अदालतले माग्दै नमागेको फैसला गरेर माओवादी र एमालेलाई ब्युताउँनुमा प्रपच्च भएको पौडेलको भनाई थियो । काँग्रेसले आफ्नो ब्यवहार सुधार गर्न र जनतालाई एजेण्डा बुझाउन नसक्दा कम्युनिष्टले भ्रम छरेर सत्तामा पुगेका पौडेलले बताए ।

अर्काको पार्टी भत्केला र हामो पार्टी बलियो होला भनेर नबस्न कार्यकर्तालाई आग्रह गरे । आफ्नै पार्टीलाई बलियो बनाउन र जनताको बिश्वास जित्ने काम गर्नुपर्ने बताए । नेपाली काँग्रेसको केन्द्रिय सदस्य रत्ना शेरचन, अर्जुनप्रसाद जोशी लगायतले वर्तमान सरकार रहेसम्म संबिधान र ब्यवस्थामाथि खतरा भएकाले बिस्थापित गर्नुपर्ने बताए ।

बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको ८० वर्षको उमेरमा फागुन २५ गते काठमाडौको छाउनी स्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । बि.स. २०५६ देखि २०६७ सम्म दुई कार्यकाल काँग्रेस म्याग्दीको जिल्लो सभापति भएका खड्का तत्कालीन अर्थुङ्गे गाउँ पञ्चायत र गाबिसको अध्यक्ष थिए । उनि म्याग्दी बुहुमुखी क्याम्पस सञ्चालक समितिको पुर्ब अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको पुर्व सभापति थिए । चिकित्सक रहेका खड्काले बेनीको प्रकाश माविमा शिक्षण गरेका थिए । उनका एक छोरा र एक छोरी छन् ।

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, उपसभापति माधवप्रसाद रेग्मी, पुर्ब सभापति रेशमबहादुर बानिया लगायतले पञ्चायत, दन्द्धकाल र जनआन्दोलनमा खड्काले पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन काँग्रेस म्याग्दीका सहसचिव भरत रकालले गरेका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...