बेनीमा माओवादी केन्द्रको कार्यालय स्थापना

Gandaki Ghumau

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी (केन्द्र)को जिल्ला संगठन कमिटिले आइतबार बेनीमा कार्यालय स्थापना गरेको छ ।

सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युताएर ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि दुई दलले आ–आफ्नो पार्टी कार्यालय स्थापना गरेका हुन् ।

नेकपा माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, गण्डकी प्रदेश कमिटि सदस्य टेकबहादुर विश्वकर्मा, प्रदेशसभा सदस्य तथा प्रदेश कमिटि सदस्य बिनोद केसी, बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसी लगायत नेताहरुको उपस्थितिमा पार्टी कार्यालय स्थापना गरिएको हो ।

Shreekrishna
Gunasthariya Shiksya

न्युरोड स्थित भाडाको घरमा स्थापना गरिएको कार्यालयबाट माओवादी केन्द्रको पार्टी सञ्चालन हुने भएको छ । यसअघि नेकपाको पार्टी कार्यालय रहेको हाँडेभिर स्थित सहिद स्मृति भवनमा गत हप्तानै एमालेको कार्यालय स्थापना भएको थियो ।

हडेभिरको सहिद स्मृति भवन नेकपा एमालेले निर्माण गरेको थियो । माओवादी केन्द्रले यसअघि मंगलाघाट स्थित भाडाको घरबाट कार्यालय सञ्चालन गरेको थियो । अध्यक्ष पौडेलले प्रगतिशिल बामपन्थि शक्तिहरुलाई एकतावद्ध गर्दै संगठन निर्माणमा जुट्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...