बेनी अस्पतालको सबै शैयामा पाइपबाट अक्सिजन आपुर्ति

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालको सबै शैयामा पाइपबाट अक्सिजन आपुर्ति गराउन थालिएको छ ।

अस्पताल परिसरमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्रबाट सिधै उपचारका लागि भर्ना भएका बिरामीको शैया सम्म पाइपबाट अक्सिजन आपुर्ति गराउन थालिएको हो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा भएका सबै ३० वटा शैयामा अक्सिजन पाइप जडान गरिएको जानकारी दिनुभयो ।

आकस्मिक, मृगौला डायलाइसीस, सघन उपचार कक्ष (आइसीयु) र बहिरंग बिभागका शैयामा अक्सिजन आपुर्ति गराउन पाइपलाइन जडान भएको छ । “उत्पादन केन्द्रबाट सबै बेड (शैया) सम्म अक्सिजन आपुर्ति गर्ने पाइप जोडिएको छ,” अध्यक्ष कटुवालले भन्नुभयो “आवश्यकताको आधारमा चिकित्सक र स्वास्थ्यकर्मीको सुझाव अनुसार बिरामीलाई बेडमै अक्सिजन पाउँछन् । सिलिण्डर भरेर ओसार्नु पर्दैन् ।”

Shreekrishna

पाइपबाट शैयामै अक्सिजन आपुर्ति हुन थालेपछि स्वासप्रस्वास सम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको अस्पतालका प्रमुख चिकित्सक डा. जितेन्द्र कडेलले बताउनुभयो ।

‘‘स्वासप्रस्वास, आइसीयुमा राख्नुपर्ने, दम लगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको छ,’’ उहाले भन्नुभयो ‘‘गत पुष महिनादेखि अस्पतालमा अक्सिजन उत्पादन सुरु गरेपछि घरमै अस्किजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत भएको छ ।’

प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको रु. १० लाख रुपैयाँ बजेटले पलान्टबाट अस्पतालको बेडमै अस्किजन पु¥याउन पाइपलाइन जडान गरिएको हो । पलान्टले एक दिनमा १५ वटा सम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको प्रमुख डाक्टर कडेलले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

हाल १० वटा सम्म सिलिण्डर भर्ने डाक्टर कडेलले बताउनुभयो । अस्पतालमा अहिले दैनिक २० देखि २५ जना स्वास प्रस्वास सम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रसोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । एक पटकमा तीन वटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पुर्बाधार निर्माण र औजार खरिद तथा जडान गर्न रु. ६३ लाख रुपैयाँ खर्च भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउनुभयो ।

‘‘सामाजिक बिकास मन्त्रालयले गत आर्थिक वर्षमा रु. ७५ लाख रुपैयाँ बजेट पठाएकोमा प्रतिस्पर्धा मार्फत ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो,’’ उहाले भन्नुभयो ‘‘संघीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्बाधार साझेदारी कार्यक्रम मार्फत रघुगंगा गाउँपालिकाले दिएको रु. १४ लाख र अस्पतालको रु. एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर पलान्ट सञ्चालनमा ल्याएका छौ ।’’

मन्त्रालयको ५ लाख रुपैयाँ सहयोगमा अक्सिजन पलान्ट स्थापना गर्ने भवन निर्माण गरिएको छ । अक्सिजन उत्पादन केन्द्र र औषधी बिक्री कक्षको बिहिबार सामाजिक बिकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो । लायन्स क्लव अफ बेनी पिस सिटिका संस्थापक अध्यक्ष राजेश शाक्यले व्यक्तिगत रुपमा रु. तीन लाख ५१ हजार खर्चेर औषधी बिक्री कक्षको भवन निर्माण गर्नुभएको हो ।

धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु. ३० लाखबाट सघन उपचार कक्षमा १ वटा भेन्टिलेटर थप गर्ने र एसी जडान गर्ने तयारी भएको कटुवालले बताउनुभयो ।

२०७२ मा ५० शैया क्षमतामा स्तरोन्निति भएको बेनी अस्पतालले हालै ५ शैयाँ क्षमताको सघन उपचार कक्ष (आइसीयु) सञ्चालनमा ल्याएको थियो । गत साउन महिनादेखि मृगौलाको डायलाइसीस सेवा सुरु गरेको अस्पतालले आँखा उपचार कक्ष समेत सञ्चालन गरेको छ ।

फोहोर ब्यवस्थापन केन्द्र समेत स्थापना गरेको छ । ५० शैया क्षमताको भवन निर्माणमा भएको ढिलासुस्ति र दरबन्दि अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौति देखिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...