फुलबारीमा बन्ने भयो गुराँस पार्क

Shreekrishna hardware

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ फुलबारीमा गुराँस पार्क निर्माणको तयारी भएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीले राष्ट्रिय फुल गुराँसको संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पार्क निर्माण प्रक्रिया अघी बढाएको हो । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा म्याग्दीमा गुराँस पार्क बनाउने घोषणा गरेको थियो ।

जस अनुसार नेसरानी सामुदायिक बन उपभोक्ता समूहसँग गुराँस पार्क निर्माण गर्न सम्झौता भएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो । “नेपालमा पाइने सबै प्रजातिका गुँरास एकै ठाउँमा अवलोकन गर्ने ब्यवस्था मिलाएर पर्यटक आकर्षित गर्ने उद्देश्यले गुरासँ पार्क बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “यसबाट गुराँसको संरक्षणमा पनि सहयोग पुग्छ ।”

Shreekrishna

अन्नपूर्ण गाउँपालिकाको वडा न. ५, ६, ७ र ८ मा पर्ने बयली, घोडेपानी, फुलबारी, मोहरेडाडा क्षेत्रमा गण्डकी प्रदेशमै ठूलो लालीगुरासँको जंगल छ । निमित्त डिभिजनल बन अधिकृत खनालका अनुसार यस क्षेत्रमा अहिले ८ प्रजातिका गुराँस पाइन्छ । नेपालमा ३१ प्रजातिका गुराँस पाइन्छ । देशका विभिन्न ठाउँबाट सबै प्रजातिका गुरासँको बिरुवा ल्याएर फुलबारीको पार्कमा रोप्न लागिएको हो । २८ प्रजातिका गुराँस तिनजुरे क्षेत्रमा पाइन्छ ।

Ban devision notice

गुराँस पार्क निर्माण गर्न प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७÷०७८ मा रु. दश लाख बिनियोजन गरेको छ । २० रोपनी क्षेत्रफलमा घेराबार गरेर गुराँसका बिरुवा रोप्नुका साथै अन्य पुर्बाधार निर्माण गर्न लागिएको नेसरानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालबहादुर गर्बुजाले बताउनुभयो ।

उहाँका अनुसार शौचालय, खानेपानी ब्यवस्थापन र पर्यटक आश्रयस्थल बनाउन लागिएको छ । गुराँसको महत्व र प्रजातिका बारेमा जानकारी दिने सूचना केन्द्र पनि बनाउन लागिएको छ । आगामी असार महिनाभित्र पार्क निर्माण गरिसक्ने लक्ष्य रहेको अध्यक्ष गर्बुजाले बताउनुभयो ।

फुलबारीको गुराँसको जंगलको पृष्ठभूमीमा धौलागिरि, गुर्जा र निलगिरि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । फुलबारी अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको छ । फुलबारी करबाकेली पदमार्गको पनि मुख्य गन्तब्य हो । यहाँ रातो, सेतो, गुलाबी, सुन्तला लगायत रंगका गुराँसका प्रजाति छन् ।

फागुन–चैत र बैशाख महिनामा पाखाभरी ढकमक्क फुल्ने लालिगुराँसले घोडेपानी क्षेत्रको जंगल आकर्षक देखिन्छ । गुरासँको जंगलको पृष्ठभूमिमा हिमाल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न पाउनु यस क्षेत्रको बिशेषता हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गुराँसको संरक्षणसँगै पर्यटक प्रर्वद्धनका लागि गुराँस पार्क निर्माण गर्न प्रदेश सरकारलाइ प्रस्ताव गरिएको बताउनुभयो । घोडेपानी क्षेत्रको जंगलमा गुराँसका रुख काट्न प्रतिबन्ध लगाइएको छ । काठ र दाउराका लागि गुराँस काट्दैनन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...