मुनामा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

Gandaki Pardesh notice

बेनी । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बुधबार महिलाहरुको लागि पाठेघरको क्यान्सर (स्त्रीरोग) सम्बन्धी एक दिने निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ु

गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको शिविरमा ६८ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको थियो । शिविरले पाठेघरको मुखको क्यान्सर भए नभएको पहिचान गर्न पोखरा काठमाडौ जाँदा हुने समय र पैसा जोगिएको छ ।

Bhautik ministry notice about road

कोरोना अस्पतालका चिकित्सक एकराज भण्डारी, नर्स सन्तुकुमारी कार्की लगायतले सेवा दिनुभएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य संयोजक सम्झना क्षेत्रीले शिविरको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो ।

Shreekrishna hardwear in news

परिक्षण गरिएका मध्य एक जनालाई पाठेघरको मुख क्यान्सर भएको शंका गरिएको र दुई जनाको पाठेघरको मुखमा मासु पलाएको भेटिएको छ । उनिहरुलाई चिकित्सकको सल्लाह अनुसार थप उपचार र शल्यक्रियाका लागि अस्पतालमा जान सुझाव दिइएको छ । एक पटक पाठेघरको मुखको क्यान्सर परिक्षण गरेमा पाँच वर्ष सम्म ढुक्क हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...