नेपालका कम्युनिष्ट सरकार सञ्चालनमा असफल भए – काँग्रेस नेता गुरुङ

Gandaki Kotihome

बेनी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि मात्रै काँग्रेसले सरकारमा जाने नजाने बिषयमा निर्णय गर्ने बताउनु भएको छ ।

नेपाल शिक्षक संघ म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको २२–२३ औ जिल्ला प्रतिनिधिसभा तथा बेनी नगर स्तरीय तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै नेता गुरुङले प्रधानमन्त्रीले राजिनामानै नदिएको अवस्थामा सरकारमा जाने नजाने भनेर निर्णय गर्नु हतार हुने बताउनुभयो ।

“सत्ताको घोडामा चढेका ओलीलाई पहिले पदबाट हटाउनुपर्छ,” उहाँले भन्नुभयो “संबिधानको घाटी निमोठेर जनमतको अपमान गरेको ओली सरकारलाई सत्तामा बसिरहने नैतिकता छैन् । काँग्रेसले सरकारमा जाने भन्दा पनि ओलीलाई पदबाट हटाउने बिषयमा सोच्नुपर्छ ।”

Upper Myagdi transmition line notice

नेपालमा कम्युनिष्ट पार्टी सरकार सञ्चालन गर्न असफल भइसकेको बताउदै नेता गुरुङले काँग्रेसमा पनि नेतृत्वको अघि पछि गरेर चाकडीले सिमा नाध्न थालेका भन्दै असन्तुष्टि जनाउनुभयो । प्रचण्ड र ओलीको बिवाद टुङ्गो नलागेसम्म काँग्रेसले निर्णय लिन हतार नगर्ने बताउनुभयो ।

Annapurna aarohan ko notice

नाताबाद र चाकडीबादले काँग्रेसका असली नेता कार्यकर्ता अवसरबाट बञ्चित भएको भन्दै आगामी महाधिवेशनमा आफू पदाधीकारीमा उमेद्वार बन्ने घोषणा गर्नुभयो । सरकारका कमजोरी र गलत क्रियाकलापलाई लिएर जनता माझ जान कार्यकर्तालाई निर्देशन दिदै नेता गुरुङले नेतृत्वको प्रवृत्ति र कार्यशैली परिवर्तन हुनुपर्ने बताउनुभयो ।

अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्ने हिसाबले शिक्षामा आमुल परिवर्तन गर्नुपर्ने गुरुङको भनाई थियो । नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाले समाज रुपान्तरणको अभियानमा शिक्षकहरुले अगुवाइ गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष भरतप्रसाद लम्साल, नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मिकिशोर सुबेदी, शिक्षक संघका गण्डकी प्रदेश अध्यक्ष किशोरमणी लामिछानेले पठन क्रियाकलापलाई प्रबिधिमैत्री बनाउन शिक्षकको क्षमता बिकासमा जोड दिनुभयो ।

यसैगरी नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, प्रवत्ता अजयमिलन श्रेष्ठ, जिल्ला सदस्य मनकुमारी बिक, महिला संघका सभापति बिमला गौचन, जिल्ला सदस्य केबी भण्डारी, सहसचिव भरतबहादुर रकाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नेपाल शिक्षक संघ म्याग्दीका सभापति दुर्गाराम सुबेदीको अध्यक्षता, उपाध्यक्ष नगेन्द्र खत्रीको स्वागत र सचिव गजेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...