म्याग्दीका जेष्ठ नागरिकलाई आइतबारदेखि कोरोना बिरुद्धको खोेप लगाइने

Gandaki Ghumau

बेनी । म्याग्दीका जेष्ठ नागरिकहरुलाई पनि आइतबारदेखि कोरोना भाइरस बिरुद्धको खोप लगाइने भएको छ ।

दोस्रो चरणमा ६५ वर्ष भन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । वडा स्तरका स्वास्थ्य संस्थामा स्थापना गरिएको खोप केन्द्रबाट पाँच हजार जनालाई कोरोना बिरुद्धको कोभिशिल्ड खोप लगाउन लागिएको कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

फागुन २३ गते देखि बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा खोप लगाउने कार्यक्रम तय भएको छ । रघुंगगा र अन्नपूर्ण गाउँपालिकामा फागुन २६ गते देखि सुरु हुने शनिबार स्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

माघ १४ गतेबाट सुरु भएको पहिलो चरणको खोप अभियानमा म्याग्दीमा २ हजार ४९४ जनालाई लगाइएको थियो । पहिलो प्राथमिकतामा स्वास्थ्यकमी र सुरक्षाकर्मीलाई लक्षित गरेर ८ सय ८४ जनालाई र दोस्रो प्राथमिकतामा कर्मचारी र पत्रकार लगायतलाई १ हजार ६१० जनालाई लगाईएको लम्सालले बताउनुभयो ।

कोभीड १९ को संक्रमण दर तथा रोग लागेपछि मृत्यु हुने दर विशेषगरी ६५ बर्ष भन्दा माथि उमेर समुह बढी रहेकोले जेष्ठ नागरिकलाई प्राथमिकता राखेर खोप अभियान संचालनमा छ । आईतबारदेखि सुरु हुने अभियानमा स्थानीय तहको वडावडामा रहेको स्वास्थ्य चौकीमा जेष्ठ नागरिकलाई ल्याउन जनप्रतिनिधि र स्थानीयबासीलाई आग्रह गरिएको छ ।

म्याग्दीमा ६५ बर्ष माथिका ८ हजार ५६२ जना भएपनि ५ हजार खोप आएकाले बाकीलाई अर्को चरणमा मात्र खोप लगाउने योजना रहेको कार्यालयले जानकारी दिएको छ । जिल्लाभर रहेका ५४ वटा स्वास्थ्य चौकीहरुमा खोप लगाउने अभियानमा तालिम प्राप्त एक सय जना स्वास्थ्यकर्मी रहेका छन् ।

खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, आलस्यता आउने, थकाइ लाग्ने तथा कमजोर भएको महशुस हुने लक्षण देखिने बताउदै कोभिडको खोप लगाइसकेपछि पनि जनस्वास्थ्यका मापदण्ड तथा नियमहरु पालना गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । खोप लगाएपनि कोभिड १९ बाट जोगिन माक्स लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...