बैसरीमा मापदण्ड र सम्झौता बिपरित नदी दोहन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी स्थित कालीगण्डकी नदीको बगरमा निर्माण ब्यवसायीले सम्झौता र मापदण्ड बिपरित उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्न थालेका छन् ।

वातावरणीय परिक्षण प्रतिवेदन र गाउँपालिकासँग भएको ठेक्का सम्झौता बिपरित हेभी इक्युभमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्दा नजिकैको बेनी–जोमसोम सडक कटानको जोखिमका साथै जैबिक बिबिधतामा असर परेको छ ।
अब्यवस्थित रुपमा एक्साभेटरको प्रयोग गरेर बगर उत्खनन् गर्दा नदी गहिरिने, माछा लगायत जलचरको बासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयबासीले गुनासो गरेका छन् ।

राहुघाट जलबिद्युत आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसियट्स (जेपी) ले बैसरी, रिठाबगर र घोरेढुङ्गाको बगरबाट नदीजन्य बस्तुको उत्खनन् तथा निकासीका लागि २०७७ फागुन १९ गते रघुगंगा गाउँपालिकासँग भ्याट बाहेक रु. चालीस लाख २५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नदीजन्य बस्तु उत्खनन्मा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको गाउँपालिकाले जनाएको छ । प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले मापदण्ड र सम्झौता बिपरित नदीजन्य बस्तु उत्खनन्मा प्रयोग भएका डोजर बिहिबार साँझ तिप्ल्याङ प्रहरी पोष्टले नियन्त्रणमा लिएको बताउनुभयो ।

“डोजर र टिप्परकोे चाबी र कागजात नियन्त्रणमा लिएका छौ,” प्रनाउ राइले भन्नुभयो “नियम, कानुन, सम्झौता र मापदण्ड बिपरित हुने उत्खनन् रोक्न प्रहरीले कसैसँग सम्झौता गर्दैन ।” प्रहरीले गत हप्ता बेनी नगरपालिका–६ ठुलोबगर स्थित कालीगण्डकी किनारमा साहना निर्माण सेवाले सम्झौता र मापदण्ड बिपरित नदी दोहन तथा निकासीमा प्रयोग गरेको डोजर र एक्साभेटर नियन्त्रणमा लिएको थियो ।

मालिका गाउँपालिकाको तोलावाङ क्षेत्रमा पर्ने म्याग्दी नदी किनारमा बिरुवा–क्याराभान निर्माण कम्पनीले सम्झौता र मापदण्ड बिपरित बगर उत्खनन्मा प्रयोग गरेका डोजर, ट्याक्टर नियन्त्रणमा लिएर पालिकालाई बुझाएको थियो । गाउँपालिकाले ठेकेदारलाई पचास हजार रुपैयाँ जरिवाना तोकेको उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो ।

निर्माण ब्यवसायीहरुले भने मजदुर लगाएर उत्खनन् गर्दा सम्भव नहुने भएकाले बिकास निर्माणका लागि आवश्यक निर्माण सामग्रीको सहज आपुर्तिका लागि सरोकारवालाको मौखिक सहमतिमा उत्खनन्मा उपकरण प्रयोग गरेको बताएका छन् । बगर उत्खनन्मा उपकरण प्रयोग गर्न नपाउने नियम अब्यवहारिक भएको उनिहरुको तर्क छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...