धवलागिरीले चक्रपथ बनाउने

Gandaki Ghumau

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले सात वटै वडालाई जोड्ने रिङरोड (चक्रपथ) निर्माण गर्ने भएको छ ।

मुना स्थित गाउँपालिका कार्यालयमा अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले संघ र प्रदेश सरकारसँगको सहकार्यमा बहुबर्षे परियोज अन्तरगत मल्कवाङ देखि गुर्जा जोड्ने चक्रपथ बनाउने निर्णय गरेको हो ।

तीन वटै तहका सरकारको सहकार्यमा भौतिक पुर्बाधार कार्यक्रमका लागि मल्कवाङ, मराङ, मुदी, गुर्जा, लुलाङ, मुना, ताकम र मराङ जोड्ने चक्रपथ बनाउने निर्णय गरेको अध्यक्ष पुनले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“संघीय सरकारले आव्हान गरेको प्रस्तावमा सातवटै वडालाई जोड्ने पक्कि रिङ रोड बनाउने निर्णय गरेर सिफारिस गरेका छौ,” उहाँले भन्नुभयो “प्रस्ताव स्विकृत भएपछि आइई गरेर, डिपिआर बनाई, स्रोत जुटाएर कार्यान्वयन गर्छौ ।”

सात वटै वडालाई समेट्ने यो परियोजनाले धवलागिरीको समग्र बिकासमा महत्वपूर्ण सहयोग पुग्नै सबैभन्दा दुर्गम गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । बैठकले लुलाङको वडा कार्यालयको जग्गा प्राप्ति प्रक्रिया अघि बढाउनका लागि वडा अध्यक्ष गमप्रसाद बिकलाई अख्तियारी दिने निर्णय गरेको छ ।

यसैगरी वडा न. ७ को धारापानीमा स्थापना भएको स्वास्थ्य चौकीको भवन निर्माण गर्न सार्वजनिक जग्गा प्राप्ति प्रक्रिया अघि बढाउने निर्णय पनि भएको छ । तत्कालीन धवलागिरी आधारभूत बिद्यालयको भवनमा धारापानीको स्वास्थ्य चौकी स्थापना गरिएको छ ।

स्वास्थ्य चौकीका लागि सार्वजनिक जग्गा प्राप्ति प्रक्रियाका लागि जिल्ला जग्गा ब्यवस्थापन समिति हुदै संघीय सरकारमा प्रस्ताव लैजान लागिएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...