जिल्ला प्रशासन कार्यालयका गतिबिधी सार्वजनिक

Gandaki Pardesh notice

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पछिल्लो छ महिनामा गरेका गतिबिधि सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौमा सरुवा हुनुभएका प्रजिअ उमाकान्त अधिकारीले आफ्नो कार्यकालमा भएका गतिबिधि सार्वजनिक गर्नुभएको हो । गत साउनमा गृह मन्त्रालयबाट सुरुवा भएर आउनुभएका अधिकारीको ठाउँमा सरकारले गणेशबहादुर अधिकारीलाई पठाएको छ ।

प्रजिअ अधिकारीले सार्वजनिक सेवा प्रवाह, विपद् ब्यवस्थापन, कोरोना नियन्त्रण, शान्ति सुरक्षा र विकास आयोजनालाई गति दिन प्रशासनको तर्फबाट भएका पहलको बारेमा जानकारी गराउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गत बर्खाको पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई राहत बितरण गरिएको र आवास पुननिर्माणको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । कोरोना बिरुद्धको खोप लगाउन सुरु भएको जानकारी दिदै बिकास आयोजना निर्माणलाई गति दिन पहल गरिएको बताउनुभयो ।

दाना–कुश्मा प्रशारण आयोजना निर्माण सम्पन्न भएको, बेनी–जोमसोम, बेनी–दरवाङ लगायत सडक आयोजना निर्माणले गति लिएको, प्रशासनिक सेवालाई सहलीकरण तथा कार्यालयको अनुगमन गरिएको बताउनुभयो ।

स्थानीय तहहरुसँग संयुक्त बैठक गरेर समन्वयको वातावरण बनाएको बताउनुभयो । शान्ति सुरक्षाको मुख्य चुनौति मानिएको मदिराको बिक्री बितरणलाई ब्यवस्थित र घरेलु हिंसा न्युनीकरणको योजना कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

प्रजिअ अधिकारीले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सहभागि सरोकारवालाहरुले हुकुम बिनै समन्वय गरेर प्रशासन चलाउन सकिने उदाहरण अधिकारीले दिएको बताएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...