किशोरी सम्मेलनबाट ११ बुदे मुना घोषणापत्र जारी

Gandaki Pardesh notice

मुना । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा सोमबार ११ बुदे घोषणापत्र जारी गर्दै प्रथम पालिका स्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ ।

गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले बालबिवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका बिषयमा घोषणापत्र जारी गरेको हो ।

Shreekrishna hardwear in news

सम्मेलनमा धवलागिरी गाउँपालिकाका ११ वटा बिद्यालयमा गठन भएका किशोरी सञ्जालका ४८ जना प्रतिनिधिहरुको सहभागिता थियो । किशोरीहरुले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरि समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने बिषयमा सम्मेलनमा छलफल भएको संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले जानकारी दिनुभयो ।

किशोर अवस्थामा बिवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदाय स्तरमा सचेतना फैलाउने, बिस बर्ष पुगेपछि मात्र बिवाह गर्ने, बिस वर्ष भन्दा कम उमेरमा बिवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ ।

सबै बिद्यालयमा महिनावारी हुदा प्रयोग गर्ने प्याड बिसर्जनका लागि इन्सिलेटरको ब्यवस्थापन गर्न माग गरेको सम्मेलनमा सहभागिहरुले महिनावारी हुँदा सफला र धोएको प्याड घाममा सुकाएर मात्र प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

बीस बर्ष नपुगी बिवाह गर्ने जोडीहरुको गाउँ ठाउँमा मिलाउने गलत प्रवृतिको बिरोध गर्ने र त्यस्तो हुन लागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । किशोरीहरु माथि हुने यौनशोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टि र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् ।

Bhautik ministry notice about road

महिनावारीलाई प्राकृतिक प्रक्रियाको रुपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अध्यारो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मिठो मसिनो खान नदिने अन्धबिश्वास र रुढिबाढीको भत्र्सना गर्दै महिनावारीको अवस्थामा किशोरीमैत्री वातावरण बनाउन आग्रह गरेका छन् ।

बाच्न, संरक्षण, बिकास र सहभागीताको नैसर्गिक अधिकारको सहज रुपमा उपभोग गर्ने वातावरण बनाउन माग गरेका छन् । सम्मेलनमा सहभागीहरुले बालबिवाह नियन्त्रणमा सरकारी निकायबाट सहयोग नपाएको, सामाजिक हिसाबले दवाव आउने गरेका, महिनावारीको समयमा बिद्यालयमा उचित वातावरण नुहँदा घरमै बस्न बाध्य भएको, यौन दुरब्यवहार भएको बताएका थिए ।


किशोरी सञ्जाल मार्फत बिद्यालय र समुदाय स्तरमा सचेतनामुलक कार्यक्रमका साथै बालबिवाह हुन लागेको सूचना जनप्रतिनिधि र प्रहरीलाई गराएको बताएका थिए । किशोरी सञ्जालकी सोनिया केसी, नरदेवी बिक, लक्ष्मी बिक लगायतले बिद्यालयमा सेनेटरी प्याडको सुबिधा भएपछि महिनावारी हुँदा पनि बिद्यालय जाने वातावरण बनेपनि प्याडको सुरक्षित ब्यवस्थापन गर्ने ठाउँ नभएको बताउनुभएको थियो ।

कार्यक्रममा संगम म्याग्दीका कार्यकारी निर्देशक भरत केसीले धवलागिरी गाउँपालिकामा बालबिवाहको अवस्थाका साथै कारण, असर र कानुनी ब्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले कानुनले अपराध मानेको बालबिवाहको एक कारण गलत सांस्कृति भएको बताउनुभयो । बालबिवाहले महिलाहरुको शिक्षा, स्वास्थ्य, सामाजिक लगायत धेरै क्षेत्रमा असर गरेको बताउनुभयो ।

कार्यपालिकाका सदस्य तथा गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बालबिवाह न्युनीकरणका लागि गाउँपालिकाले सञ्चालन गरेको उमेर सान्दर्भिक बिवाहसँग उपाध्यक्ष कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । ताकम प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक यामबहादुर थापाले गरिबी, पारिवारिक समस्या, सामाजिक सञ्जाल र मोवाइलको दुरुपयोग बालबिवाहको कारण भएको बताउनुभयो ।

गाउँपालिकाका योजना अधिकृत कृष्ण सुबेदी र शिक्षा अधिकृत कमलप्रसाद ढकालले बालबिवाह न्युनीकरणका लागि किशोरीहरुनै सचेत बन्नुपर्ने बताउनुभयो । धनजनता माविको किशोरी सञ्जालकी सोनिया केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गल्र्स फस्ट फण्डकी परियोजना संयोजक खिमा पुर्जाले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...