उद्यमशिलता बिकास तालिम

Gandaki Kotihome

बेनी, । बेनीमा शनिबार १० दिने उद्यमशिलता बिकास तालिम सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा फागुन ४ गतेदेखि सुरु भएको तालिममा ब्यवसाय गरिरहेका र गर्न लागेका ३० जनाको सहभागिता थियो ।

Notice about ban dadalo

तालिमको उद्यम बिकास सहजकर्ता होमदेवी खत्री भण्डारीले सहजिकरण गर्नुभएको थियो । ब्यवसायलाई ब्यवस्थित रुपमा सञ्चालन गरेर सफल बनाउने ज्ञान सिप सिकाउने उद्देश्यले तालिमको आयोजना गरेको हो ।

Shreekrishna hardwear in news

तालिमको समापनमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर महेश्वर ढकालले प्रदेश सरकारले उद्यम ब्यवसाय गर्नेहरुलाई सहुलियत कर्जाको लागि आवेदन आव्हान गरेको जानकारी दिनुभयो । तालिममा सहभागि रञ्जित थापा, मिना बानिया केसी, रनबहादुर शाही र बिष्णु किसानले सद्धान्तिक ज्ञान भएपछि ब्यवसाय सञ्चालन गर्न सहज हुने अनुभव सुनाउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलको अध्यक्षता, तथ्याङ्क सहायक सन्तोष ढुङ्गानाको सञ्चालन र अधिकृत स्तर पाँचौ गोबिन्दप्रसाद सुबेदीको स्वागतमा सम्पन्न कार्यक्रममा दोभान कृषि सहकारी संस्थाका अध्यक्ष अमृतादेवी बानियाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...