जिसस म्याग्दीको पाँचौ जिल्ला सभा सम्पन्न

Gandaki Pardesh notice

बेनी । जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभा शुक्रबार बेनीमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षतामा भएको सभाले गत आर्थिक बर्षमा भएका गतिबिधि समेटिएको प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको बजेट स्विकृत गर्नुका साथै प्रदेश सरकारबाट आउने बजेटको योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार समन्वय समितिलाई दिने निर्णय गरेको छ ।

जिसस कोष र स्थानीय तहको साझेदारीमा सञ्चालित आयोजना कार्यान्वयनमा तदारुकता दिने, स्थानीय तहले गौरवका आयोजना अनुगमनका लागि जिससलाई बिबरण उपलब्ध गराउने र विभिन्न बिकास आयोजना सम्बद्ध प्रदेश तथा संघ सरकारका मन्त्रालयमा माग गर्ने निर्णय पनि गरेको छ ।

Shreekrishna hardwear in news

हाल काठमाडौको मदन पुरस्कार गुठीमा रहेको बेनी आक्रमणको चिनो मानिएको गोली लागेर छिया छिया भएको बिद्युतको पोल जिल्लामा ल्याएर संरक्षणसँग पर्यटन प्रर्वद्धनमा प्रयोग गर्ने निर्णय समेत भएको छ । ढिलासुस्ति भएका विकास आयोजना निर्माणलाई तिब्रता दिन समन्वय, अनुगमन र सहजिकरण गर्ने बिषयमा जनप्रतिनिधिहरुबीच छलफल भएको थियो ।

बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर पिप्ले भगवति, पोखरेबगर घार चित्रे लगायत सडक, नदी नियन्त्रण, खानेपानी लगायत ढिलासुस्ति भएका आयोजनालाई गति दिन अनुगमन र सम्बद्ध निकायमा पहल गर्ने बिषयमा सभामा छलफल भएको थियो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बिषयगत कार्यालयले समन्वय नगरेको, बिद्युत, पुर्बाधार बिकासका योजना अलपत्र परेको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो ।

हिमाली जिल्लाको सुबिधा माग्ने, पालिका र वडा थप्ने निर्णय
म्याग्दीको सबै क्षेत्रमा हिमाली जिल्लाको मापदण्ड लागु गरेर सेवा सुबिधा लाग गर्न संघीय सरकारलाई माग गरेको छ ।

गत वर्ष म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गरिएपनि आरक्षण कोटा, कर्मचारीको सेबा सुबिधा र अन्य बिषयमा लागु भएको छैन् । पहिरो पीडितको घर पुननिर्माणका लागि भने हिमाली जिल्लाको सुबिधा कार्यान्वयन भएको छ ।

सम्बन्धित स्थानीय तहले गरेका वडा र पालिका बिभाजनको निर्णय कार्यान्वयनका लागि संघीय सरकारका निकायमा सिफारिस गर्ने निर्णय समेत भएको छ । धवलागिरी गाउँपालिकाको सभामा वडा न. ४ मुदी र ७ ताकमलाई २÷२ वटामा बिभाजन गर्ने निर्णय भएको थियो ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिकालाई दुई वटा पालिकामा बिभाजन गर्ने गाउँसभाको निर्णय कार्यान्वयनका लागि सिफारिस गर्ने जिल्ला सभाले निर्णय गरेको छ । पुषको १५ गते भएको रघुगंगाको गाउँसभाले रघुगंगा नदिबाट पारि रहेका भुगोललाई समेटेर थप नयाँ गाउँपालिका बनाउनको लागि समेत अनुरोध गर्ने निर्णय गरेको थियो ।

वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ८ को कुइनेबस्तीलाई समेटेर पाखापानीमा केन्द्र रहने गरि नयाँ गाउँपालिका माग गर्ने निर्णय सिफारिसका लागि गाउँपालिकाका अध्यक्ष्ँ भबबहादुर भण्डारीले जिल्ला सभामा प्रस्ताव गर्नुभएको थियो ।

यसैगरी ठूलो भूगोलमा छरिएका अन्नपूर्ण गाउँपालिकाको वडा न. ५ शिख र वडा न. ७ हिस्तानलाई बिभाजन गरेर दुई÷दुई वटा वडा बनाउन सिफारिस भएको छ । सेवाप्रवाहमा नागरिकको सहज पहुँच र बिकास निर्माणलाई ब्यवस्थित गर्न वडा बिभाजनको सिफारिसका लागि अन्नपूर्णका अध्यक्ष डमबहादुर पुनले प्रस्ताव गर्नुभएको थियो ।

जिसस उपप्रमुखको नैतिकतामा प्रश्न

सभामा मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले जिसस उपप्रमुख लोकबहादुर मल्ल सभा र बैठकमा उपस्थित नभएर गैरजिम्मेवार बनेको भन्दै सचेत बनाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

जिसस उपप्रमुख मल्लको भूमिकाका बिषयमा उहाँलाई निर्वाचित गराएको पार्टी नेपाली काँग्रेसका नेता र जनप्रतिनिधिहरुले पनि असन्तुष्टि जनाउदै आउनुभएको छ । जिससले आयोजना गर्ने अधिकांश कार्यक्रम र बैठकमा भौतिक रुपमा उपस्थित नभएपछि उपस्थिति र निर्णय पुस्तिकामा भने हस्ताक्षर गर्ने गर्नुभएको बताइएको छ ।

काँग्रेसबाटै निर्बाचित जिसस सदस्य रामदेवी पुनले उपप्रमुख मल्लको निष्क्रियताको बिषयमा प्रश्न उठाएपनि नेकपाबाट निर्वाचित जिसस प्रमुख केसी र सदस्य शेरबहादुर केसीले भने मल्लसँग समन्वय भइरहेको र उहाँका कारणले जिससको काम कारबाहीमा कुनै असर नपरेको स्पष्ट पार्नुभएको थियो । सेवा सुबिधा लिने तर जिम्मेवारी अनुसारको काम नगरेको भन्दै जिसस र सभाका सदस्यहरुले उपप्रमुख मल्लको नैतिकताप्रति पश्न गरेका थिए ।

सभामा निमित्त जिल्ला समन्वय अधिकारी आकांक्षा रिजालले गत आर्थिक वर्ष २०७६÷७७ मा गरेका मुख्य मुख्य क्रियाकलाप र चालु आर्थिक वर्षको लागि प्रस्तावित बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो । चालु आर्थिक वर्षमा जिससलाई विभिन्न शिर्षकमा एक करोड ३६ लाख ३९ हजार रुपैयाँ बजेट प्राप्त भएको जानकारी गराइएको थियो ।

जिसस प्रमुख केसीले हालसम्म गरेका कामको समिक्षासँगै बाँकी कार्यकाल सफल र प्रभावकारी बनाउन सक्रीय समन्वयका लागि पालिकाका पदाधीकारीलाई आग्रह गर्नुभयो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, मंगलाका अध्यक्ष सतप्रसाद रोका लगायत सभाका सदस्यहरुले बिकास निर्माण, सेवा प्रवाह र अन्य समस्याका बिषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...