सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्पर नियन्त्रणमा

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्परलाई शुक्रबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित साहना निर्माण सेवाले नदी उत्खनन्मा प्रयोग गरेको जेसीबी कम्पनीको एक्साभेटर र दुई वटा टिप्पर नियन्त्रणमा लिएको गलेश्वर स्थित शसस्त्र प्रहरी बलको आश्रित गुल्मले जनाएको छ ।

डोजरको साथै उत्खनन गरिएको नदीजन्य बस्तुको ढुवानीमा प्रयोग भएको ग १ ख ७९६७ र ग १ ख ९०३८ नम्बरको टिप्पर नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाएको गुल्मका प्रहरी नायव उपरिक्षक हरिबहादुर गुरुङले बताउनुभयो ।

Shreekrishna hardwear in news

बेनी– जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडक अन्तरगत बेनी नगरपालिकाको वडा न. ६ मा पर्ने ठूलो बगर क्षेत्रमा केही दिनयता एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् भएको बिषयमा धौलागिरी खबरले समाचार प्रकाशन गरेको थियो ।

नियन्त्रणमा लिएको डोजर र टिप्परलाई आवश्यक अनुसन्धान गरि कारबाहीका लागि नदीजन्य बस्तुको जिल्ला अनुगमन समितिलाई बुझाइने प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताउनुभयो ।

Bhautik ministry notice about road

अब्यवस्थित रुपमा एक्साभेटरको प्रयोग गरेर बगर उत्खनन् गर्दा नदी गहिरिने, माछा लगायत जलचरको बासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयबासीले गुनासो गरेका छन् ।

जलजला गाउँपालिका–७ मिलनचोकको साहना निर्माण सेवाले बेनी नगरपालिकासंग ठुलोबगर स्थित कालीगण्डकी बगरमा नदीजन्य बस्तुको उत्खनन् र निकासीका लागि २०७७ फागुन ५ गते बेनी नगरपालिकासँग रु. दुई लाख २५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

सोही कम्पनीले बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर–मजुवाको बगरमा उत्खनन् र निकासीका लागि रु. सात लाख एक हजारमा ठेक्का लिएको छ । बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले नदीजन्य बस्तु उत्खनन्मा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बताउनुभयो ।

राहुघाट र कालीगण्डकी नदीले कटान गरेको राममन्दिरको संरक्षणका लागि नदीको धार परिवर्तन गराउन जिल्ला विपद् ब्यवस्थापन समितिले गरेको आग्रह अनुसार मजुवा–गलेश्वरको बगरमा हेभी इक्युभमेन्ट प्रयोग गर्न दिने नदिने भन्ने बिषयमा जलजला र रघुगंगाका प्राबिधिकसँग छलफलको चरणमा रहेको कार्कीले बताउनुभयो ।

साहना निर्माण सेवाका सञ्चालक शिव जिसीले मजदुर लगाएर उत्खनन् गर्दा सम्भव नहुने भएकाले बिकास निर्माणका लागि आवश्यक निर्माण सामग्रीको सहज आपुर्तिका लागि सरोकारवालाको मौखिक सहमतिमा उत्खनन्मा उपकरण प्रयोग गरेको बताउनुभयो ।

“उत्खनन्मा उपकरण प्रयोग नगर्ने भन्ने कही उल्लेख छैन,” उहाँले भन्नुभयो “मजदुर लगाएर निकालेको बालुवा, गिट्टी र ढुङ्गाले यत्रा बिकास आयोजनालाई आवश्यक पर्ने सामान पु¥याउन सकिदैन् ।”
नदीजन्य बस्तुको उत्खनन् नियमनका लागि जिल्ला स्तरमा रहेको अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सम्झौता र इआइ प्रतिवेदन बिपरित नदी बगर उत्खनन्मा उपकरण प्रयोग गरेको भेटिएमा कारबाही गरिने बताउनुभएको थियो ।

म्याग्दीमा केही समययता अबैध दोहन नियन्त्रणमा सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । यसअघि सडक निर्माणका लागि बेगखोलामा अस्थाई क्रसर खोलेको ओमकारेश्वर निर्माण कम्पनीले गलेश्वरमा बेच्न ल्याएको दुई टिप्पर बालुवा नियन्त्रणमा लिएर जरिवाना तिराएर छाडिएको थियो । त्यसैगरी बेनी नगरपालिका–५ बगुवाखोलामा जिसी क्रसर उद्योगले मापदण्ड विपरित डोजर प्रयोग गरेर गरिरहेको उत्खनन्लाई शसस्त्र प्रहरीका डिएसपी गुरुङको टोलीले रोकेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...