विप्लप (नेकपा)का मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

Gandaki Ghumau

बेनी । सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपाको मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर)लाई बिहिबार प्रहरीले म्याग्दीबाट पक्राउ गरेको छ ।

म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहिबार साँझनै बेनी स्थित ल्याइएको छ ।

Gunasthariya Shiksya

राज्य बिरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताउनुभयो । ‘दरवाङ एरियाबाट पक्राउ गरिएको हो,’ उहाँले भन्नुभयो ‘उहाँ यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सुचिमा पनि हुनुहुन्थ्यो ।’

Shreekrishna

पुन एनसेलको टावर, डोजर लगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुली लगायतका गतिबिधिमा संलग्न भएको प्रहरीको आरोप छ । पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुनुहुन्छ ।

उहाँ पछिल्लो समय नेकपा (बिप्लप) को मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बिप्लप (नेकपा) र सरकारबीच बार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ पर्नुभएको हो । सरकारले बिप्लप समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...