मुख्यमन्त्री कप बिजेता महिला भलिबल टिमलाई गृहजिल्लामा सम्मान

Gandaki Ghumau

बेनी । गण्डकी प्रदेश स्तरीय प्रथम मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको महिलातर्फ बिजयी म्याग्दीका खेलाडीहरुलाई बुधबार बेनीमा भब्य सम्मान गरिएको छ ।

भलिबल संघ र जिल्ला स्थित सुरक्षा निकायले छुट्टा छुट्टै कार्यक्रम आयोजना गरेर खेलाडीहरुलाई सम्मान गरेका हुन् । जिल्ला भलिबल संघ कास्कीको आयोजनामा पोखरामा फागुन ४ देखि ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पर्वतलाई सोझो सेटमा पछि पार्दै म्याग्दीले उपाधी जितेको थियो ।

Shreekrishna

जिल्ला भलिबल संघले खेलाडीहरुलाई माला लगाएर बाजागाजा सहित बेनी बजार परिक्रमा गरेर जिसस हलमा औपचारिक कार्यक्रम गरेर सम्मान गरेको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी नायव उपरिक्षक श्याम कुमार राइले खेलाडीहरुलाई खादा, माला लगाई सम्मान गर्नुका साथै एक थान नेट र बल प्रदान गर्नुभएको थियो ।

शसस्त्र प्रहरी बलको गलेश्वर स्थित आश्रित गुल्मका प्रहरी नायव उपरिक्षक हरिबहादुर गुरुङले पाँच हजार र राष्ट्रिय अनुसन्धान बिभागका अधिकृत महेश गुरुङले तीन हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । उहाँहरुले जिसस सभाहलमा आयोजित कार्यक्रममा महिला टिमको हौसला र प्रोत्साहनका लागि व्यक्तिगत रुपमा सहयोग गर्नुभएको हो ।

Gunasthariya Shiksya

खेलाडीहरुको सम्मानमा आयोजित ¥यालीमा गण्डकी प्रदेश सभा सदस्य बिनोद केसी, जिल्ला खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष कृष्णुकमार बिश्वकर्मा, जिल्ला भलिबल संघका अध्यक्ष रमेशकुमार श्रेष्ठ, प्रशिक्षक तेजेन्द्र बानिया, ब्यवस्थापक राजकुमार भण्डारी पनि सहभागि हुनुभएको थियो ।

अरुणा शाहीको कप्टानीमा मैदानमा उत्रिएको म्याग्दीको महिला भलिबल टिमले पहिलो पटक बिजयी भएको हो । म्याग्देली टिममा पबित्रा बिसी, मनिषा तिलिजा, सिर्जना पाइजा, धना छन्त्याल, अर्जुना राम्जाली, सस्मिता पुन, दुर्गा पाइजा, कला पुन, रेबिका घर्ती मगर, मेनुका तिलिजा र वर्षा फगामी खेल्नुभएको थियो ।

उपकप्टान पबित्रा बिसीले सबैको हौसला, मायाको साथै टिमका सबै खेलाडीहरुको मेहनतले उपाधी जितेको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...