बेनी । नेपाल बिजुली, पेन्टर, पलम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल)को ४७ औ बैठक मंगलबार बेनीमा सम्पन्न भएको छ ।
क्युपेक म्याग्दी शाखाको आतिथ्यतामा भएको बैठकले संगठनात्मक र पेशागत सम्बन्धी १० बुदे निर्णय गरेको छ । क्युपेकका केन्द्रिय अध्यक्ष नरनाथ लुइटेलको अध्यक्षता र जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।
बैठकमा जिफन्टका केन्द्रिय महासचिव जनक चौधरी, गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्री लगायतको उपस्थिति थियो । बैठकले हाल ११ हजार ३७५ जना सदस्य रहेको संगठनमा थप ११ हजार १३५ सदस्यता थपेर २२ हजार ५१० पु¥याउने निर्णय गरेको छ ।
यसैगरी आगामी चैत महिनामा पोखरामा राष्ट्रिय महिला रणनीतिक योजना कार्यशाला गर्ने, हेटौडामा राष्ट्रिय युवा नीति सम्मेलन, सात वटै प्रदेशमा प्रदेश स्तरीय प्रशिक्षण र ३० वटा जिल्लामा भेला तथा अधिवेशन गर्ने निर्णय गरेको छ ।
ठुला परियोजनाहरुको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको क्युपेकले श्रमिकहरुले कार्यस्थलबाटनै मतदान गर्न पाउनु पर्ने माग सहित निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने भएको छ । निर्माण मजदुरहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा, स्थानीय तहमा श्रमिक पञ्जिकरण गर्न कमिटि परिचालन गर्ने निर्णय गरेको छ ।