यस्ता छन बेनी नगरपालिकाले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरु

Gandaki Pardesh notice

नगरप्रमुख हरिकुमार श्रेष्ठद्धारा २०७७ माघ २६ गते सम्पन्न भएको आठौ नगरसभामा प्रस्तुत बक्तब्य

आदरणीय नगरसभाका सदस्य ज्यूहरु ,

सर्व प्रथम यस बेनी नगरपालिकाको आठौं नगरसभामा सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु ।यस गरिमामय सभामा यस नगरको प्रगतिको अवस्थालाई यहाँहरु समक्ष प्रस्तुत गर्न पाउँदा ज्यादै खुशी लागेको छ। यस अवसरमा राष्ट्रीयता, संघिय लोकतान्त्रीक गणतन्त्र र स्वाधिनता प्राप्तीको आन्दोलनका विभिन्न कालखण्डमा प्राण आहुती दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्दान्जली अर्पण गर्दछु। साथै घाइते र बेपत्ता नागरिक प्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । नेपालको संविधान जारि भएपश्चात राज्यको पुनर्संरचना भएको बिदितै छ ।सोहि अनुरुप ३ तहका सरकारको परिकल्पना स्वरुप बेनी नगरपालिका पनि एक स्थानीय सरकारको रुपमा उभिएको छ ।स्थानीय सरकार संचालन ऐन २०७४ ले मार्ग निर्देश गरे अनुसार हामीले हाम्रा, विकास व्यवस्थापन, सेवा प्रवाह र कानून निर्माणका गतिविधिहरुलाई संचालन गरिरहेका छौं ।जनताले दिएको अभिमतलाई शिरोपर गरि कानूनले तोकेको जिम्मेवारी पूरा गर्नु हाम्रो कर्तव्य हो ।हामीले आफ्नो जिम्मेवारी के कति पुरा गर्यौं भविश्यमा जनताले मूल्यांकन गर्ने नै छन् ।

Shreekrishna hardwear in news

सिंगो मूलुक कोभिड -१९बाट आक्रान्त भैरहेको यस समयमा हामी पनि अछुतो रहन सकेनौ।बाढि पहिरो लगायत प्राकृतिक विपत्ति र विश्वव्यापि महामारीका रुपमा फैलिएको कोरोना कहरसँग जुद्वै विकाश निर्माण प्रक्रियालाई सँगसँगै अघि बढाइएको छ ।

 विगतदेखी निर्मित पूर्वाधारका योजनाहरु यस वर्षको वर्षाका कारण क्षत बिक्षत अवस्थामा रहन पुगे । जसको कारणले ठूलो रकम मर्मत संभारमै खर्च गर्नुपर्ने बाध्यता रह्यो तैपनि यस वर्ष हामिले केही महत्वपूर्ण कार्य अगाडी वढाइरहेका छौँ ।वडा नम्वर ८ स्थित क्याम्पसचोकको बाढीवाट वर्षौँदेखि दुः ख भोग्दै आएको अवस्थालाई मध्यनजर गरी ढल निकास तथा वाढी व्यवस्थापनका लागि निजी जग्गा तथा संरचना रितपूर्वक अधिग्रहण गर्ने काम सम्पन्न गरेका छौँ ।नगरको आवधिक विकास योजना निर्माणको चरणमा रहेको छ । कोभिड १९ नियन्त्रणका लागि क्वारेन्टाइन  व्यवस्थापन, आइसोलेसन निर्माण र कोरोना कोषको व्यवस्थापन गरिएको छ । विशेष र समपूरक अनुदानका लागि योजना छनौट गरी संघीय सरकारमा पठाइसकिएको छ। तातोपानी कुण्डमा प्राकृतिक चिकित्सालय निर्माणका लागि  प्रदेश सरकारसँग समन्यव गरिएको छ । म्याग्दी खोला किनारमा रहेको वहुउदेश्यीय मैदानलाई थप व्यवस्थित गरी बसपार्क निर्माण गरी संचालनमा ल्याइएको छ ।जसवाट जथाभावि सवारी पार्किङ नियन्त्रणमा आएको छ ।फोहोरमैला व्यवस्थापनका लागि फोहोरको वर्गीकरण गर्ने र फोहोर संकलन तथा व्यवस्थापनलाई प्रभावकारी वनाउनका निम्ति प्लास्टिक डस्टविन खरिद गरी बजारबासिहरुलाई उपलव्ध गराउन प्रक्रिया अगाडि वढाइएको छ ।

आदरणीय सभाका सदस्यज्यूहरु,

  अब म गत आ.व. र चालु आ.व.मा यस नगरपालिकाले गरेका प्रगतिहरु प्रस्तुत गर्न चाहन्छु ।चालु आ.ब २०७७/०७८ मा नगरसभाबाट स्वीकृत ४०५ वटा योजना तथा कार्यक्रम संचालनमा रहेका छन् ।संघीय सरकारबाट साझेदारी कार्यक्रम अन्तर्गत गलेश्वर पाल्लेखेत सडक निर्माणधिन अवस्थामा रहेको छ ,संघीय सरकारको विशेष अनुदानबाट चिनाखेत खानेपानि योजना र गौश्वारा खानेपानी योजना निर्माणधिन अवस्थामा रहेको छ ।प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत अर्थुङ्गे भूतपानि सडक निर्माणको क्रममा रहेको छ, प्रदेश सरकारको समपुरक बजेटबाट कालिपुल बसपार्क निर्माणको क्रममा रहेको, हालसम्म १६२ वटा योजना सम्झौता भई ३५ वटा योजनाको कार्यसम्पन्न भई भूक्तानी समेत भएको ,म्याग्दि तथा कालिगण्डकी नदीमा ढुङगा गिटि बालुवाको बिक्रि वितरणको लागि समयमै IEE  सम्पन्न गरि ठेक्का लगाइएको छ, जसबाट राजश्व वृद्धिमा योगदान पुगेको छ ।

   शिक्षातर्फ अर्जुन मा.वि भकुन्डे बाहेकका विद्यालयमा वि.ब्य.स. गठन भएको,दरबन्दी मिलान कार्य निष्कर्षउन्मूख रहेको, विद्यालयमा आइ.सि.टि. पुस्तकालय, विज्ञान प्रयोगशाला, विषयगत किट खरिद, शौचालय निर्माण सम्बन्धी कार्य प्रक्रिया अगाडि बढाइएको, शैक्षिक सेवा प्रवाह सेवाग्राहि मैत्री ढंगबाट जवाफदेहि, जिम्वेवार, प्रभावकारी ,पारर्दशि एवं दक्षतापूर्वक भईरहेको, शैक्षिक सत्र २०७७ को नगरस्तरीय आधारभुत परिक्षाकेन्द्र निर्धारण गरि विद्यार्थि अभिभावक मैत्री बातावरणमा राष्ट्रिय मापदण्ड अनुरुप संचालनका लागि कार्ययोजना निर्माण भएको , स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।

नगरपालिकाका १० बटै वडाबाट ८३५ जना बेरोजगार व्यक्तिहरुको विवरण संकलन गरि EMIS प्रविष्टि गरीसकीएको छ, साथै कोभिडका कारण बिदेशमा रोजगारि गुमाएका १२० व्यक्तिहरुको विवरण संकलन गरि सम्वन्धित निकायमा पठाइसकिएको छ । त्यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत १४ वटा योजनाहरुका लागि १ करोड २२ लाख २ हजार बजेट विनियोजन भइ कार्यान्वयनको चरणमा रहेको छ ।

नगरपालिका भित्रका प्रत्येक वडा कार्यालयहरुमा व्यक्तिगत घटना दर्ता अनलाईन मार्फत् सुरु गरिएको छ ।२०४७/०४/०१ गते देखि हालसम्म अनलाइन दर्ता नभएको विवरणलाई डिजिटलाईजेसन गर्ने काम भइरहेको छ ।

Bhautik ministry notice about road

नगरपालिकामा कृषक दर्ता व्यवस्थापन कार्यक्रम सञ्चालन भइरहेको छ।अनुदानको मल बितरण व्यवस्थापन निर्देशिका २०७७ अनुसार स्थानिय तहमा रासायनिक मल विक्रि वितरण गर्नका लागि यस नगरपालिकामा ६ वटा कृषी फर्म  संघ संस्थाहरुलाई सूचिकृत गरि  रासायनिक मलको मूल्य सहितको दररेट स्विकृत गरि मल आपूर्तीको जिम्मेवारी प्रदान गरीसकिएको छ । यस नगरपालिका भित्र अबिरल बर्षा, बाढी पहिरो, डुबान र कटान लगायतका प्राकृतिक प्रकोपबाट बा

ली नालीमा पर्न गएको क्षतिको विवरण संकलन गरी कृषी ज्ञान केन्द्र मा पठाइएको छ । बेनी नगरपालिकाको आ.ब. ०७७/०७८  को आर्थिक बिकास समिति तर्फको एक गाउँ एक उत्पादन प्रर्वद्वन कार्यक्रमका लागि सम्बन्धित वडाका कृषकहरुको माग बमोजिमको कार्यक्रम तयार गरिएको छ।

बेनी नगरपालिकालाई अत्यावश्यक औषधी खरिद गरि नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा वितरण गरिएको छ । आधारभूत तथा आकस्मिक सेवाको लागि औषधी तथा स्वास्थ्य सुरक्षा सामाग्री खरिदको E-bid मार्फत खरिद प्रक्रिया अगाडी बढाईएको छ।विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सन्चालन गरिएकोछ ।पोषण कार्यक्रम अन्तर्गत पहिलो चरणको भिटामिन ए कार्यक्रम सम्पन्न गरिएको छ।कोरोना संक्रमितको कन्ट्राक्ट ट्रेसिङ कार्य २०७७।०७।०४ मा शुरु गरि हाल सम्म सो कार्य गर्दै आईरहेको जसमा १२१ जनाको कन्ट्राक्ट ट्रेसिङ गरिएको छ । कोभिड  विरुद्द खोप लगाउने कार्य २०७७।१०।१४  गते  देखि अभियानको रुपमा सन्चालन गरि पहिलो चरणमा फ्रन्टलाईनमा कार्यरत स्वास्थ्यकर्मि सरसफाइमा काम गर्ने कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई  पहिलो डोज लगाईएको छ। परिवार नियोजनको सेटलाईट क्लिनिक बेनी नगरपालिका अन्तर्गत रत्नेचौर स्वास्थ्य चौकी  र पात्लेखेत स्वास्थ्य चौकीमा सन्चालन भएको छ ।

औषधि तथा खोप खरिद गरि नगरक्षेत्रभित्रका विभिन्न वडामा सेवा प्रवाहलाई निरन्तरता दिइएको छ ।रेविज दिवसको उपलक्ष्यमा १२० कुकुरलाई निशुल्क खोप कार्यक्रम संचालन गरिएको छ ।लागत साझेदारीमा बङगुर प्रबद्वर्न कार्यक्रम संचालन प्रक्रियामा रहेको र बाख्रा पकेट कार्यक्रम पनि संचालन प्रक्रियामा रहेको ।हालसम्म नगरक्षेत्र भित्रका ३१४४ पशुको उपचार भएको र हिउँदे घाँस, जै, भेज विउ खरिद गरि१५६ कृषकलाई  वितरण गरिएको छ ।

सहकारी विभागले तोकेको व्यवस्थापन सूचना प्रणालि COPOMIS प्रयोगमा ल्याइएको छ । सहकारी संस्थाको व्यावसायिक विवरण संकलन गरि त्यसलाई राजश्व सूचना प्रणालिमा आबद्व गर्ने प्रयास गरिएको छ । न्यायिक समिति तर्फ गत वर्षका ४ वटा मुद्दा वाँकी रहेकोमा यस वर्ष ४ वटा  थपिइ ८ वटा कायम रहेको छ भने ३ वटा

 मुद्दा चालु वर्षमा फर्छौट भएको छ ।

अपाङ्गता भएका व्यत्तिलाई परिचय पत्र वितरण गर्ने कार्य नियमित रहेको,हिँसा प्रभावितहरुको लागि सेवाकेन्द्र स्थापना गरिएको छ । ज्येष्ठ नागरिक परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाउने प्रयास गरिएको  छ । गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम स्विकृत गरी उद्दम विकास सहजकर्ता मार्फत संचालनमा ल्याइएको छ । जसबाट नयाँ उद्दमीको विकास र उद्दमीहरुको स्तरउन्नती भइ गरिबि निवारणमा ठोस योगदान पुर्याउने विश्वास लिएको छु ।

अन्त्यमा यस नगरपालिकाको बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी रुपमा सम्पन्न गर्न, सेवा प्रवाहलाई व्यवस्थित गर्न र जनउत्तरदायित्व पूरा गरी सुशासन प्रवर्द्वन गर्न सम्पूर्ण सदस्यज्यूहरुलाई आग्रह गर्दछु।साथै यस नगर सभालाई सफल पार्न आ- आफ्नो क्षेत्रबाट सहयोग पूर्याउनुहुने सदस्यज्यूहरुलाई हार्दिक धन्यबाद दिदै मेरो मन्तव्य अन्त्य गर्दछु ।

धन्यबाद !

सोमबार, माघ २६, २०७७                      हरिकुमार श्रेष्ठ

                                                 नगर प्रमुख

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...