बेनीमा दलित मुक्ति संगठनको बिरोध प्रर्दशन

Gandaki Kotihome

बेनी । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान बिपरित प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल दलित मुक्ति संगठन म्याग्दीले सोमबार बेनीमा विरोध प्रदर्शन गरेका छन् ।

नेकपाको प्रचण्ड–नेपाल पक्षका दलित नेता तथा कार्यकर्ताहरुले बेनीमा ओलीको असंवैधानिक र प्रतिगामी कदमका विरोधमा नारा लगाएका थिए । प्रदर्शन सहित बेनी बजार परिक्रममा गरेपछि विरेन्द्रचोकमा कोण सभा गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले जनयुद्ध र जनआन्दोलन संगै विभिन्न समयमा भएका आन्दोलनहरुबाट नेपालमा दलित, जनजाति, महिलाहरुको लागि प्राप्त भएका हक, अधिकार र उपलब्धीहरुलाई वर्तमान सरकारले मास्न लागिपरेको बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

उहाँले जनताले दिएको अभिमतलाई सदुपयोग गर्न नसकेर संसदलाई नै भंग गर्ने र संघियता, धर्मनिरपेक्षता जस्ता उपलब्धीहरलाई नै सखाप पार्ने योजना अनुसार ओलीले कदम चालेको कारण ओलीको प्रतिगामी कदमको विरोध गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपाका युवा नेता कृष्णकुमार विश्वकर्मा र नेपाल दलित मुक्ति संगठनका अध्यक्ष पदम किसानले ओली सरकारले प्रदेश प्रमुख लगायतका विभिन्न पदमा रहेका दलित अगुवाहरुलाई छानिछानि जिम्मेवारीबाट हटाउने काम गरी दलित समुदायहरुको भावनामाथि प्रहार गरेको बताउँदै ओलीको संसद विघटन जस्ता असंवैधानिक कदमको पक्षमा लाग्नु विवेक गुमाउनु सरह भएकोमा जोड दिनुभयो ।

कोणसभाको पृथीलाल विश्वकर्माले सञ्चालन गर्नुभएको थियो । बिघटित प्रतिनिधिसभाको पुनस्थापनाको लागि दवाव दिन नेकपाको प्रचण्ड नेपाल समूह र सम्बद्ध जनवर्गीय संगठनले निरन्तर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...