अस्ट्रेलीयाका छोरी बुहारीको स्रोत कक्षालाई सहयोग

Gandaki Ghumau

बेनी । अस्टे«लीयामा रहेका म्याग्देली छोरी बुहारीहरुले बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृति आधारभूत बिद्यालयलाई गिजर सहयोग गरेका छन् ।

अस्टे«लीयाको उइ केयर एण्ड लभ फाउण्डेशनले वौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्ने बिद्यालयको स्रोत कक्षालाई दुई थान गिजर सहयोग गरेका हुन् । फाउडेशनका प्रतिनिधि उपेन्द्र गिरी र रुबीन श्रेष्ठले बिद्यालयका प्रअ भक्त कार्की लगायतलाई आइतबार सो सामान हस्तान्तरण गर्नुभयो ।

Gunasthariya Shiksya

निम्न बर्गका बालकालिकाको शिक्षामा सघाउने, सकारात्मक सन्देशमुलक कार्यक्रम आयोजना गर्ने, महिलाहरुलाई सामाजिक काममा प्रोत्साहन गर्ने उद्देश्यले स्थापित संस्थाले पुन प्रसोधन हुने बस्तु जुटाई बिक्री गरेर भएको आम्दानीले सामाजिक काममा सघाउने योजना बनाएका छन् ।

Shreekrishna

जानु शेरचन केसीको अध्यक्षतामा गठन भएको फाउण्डेशनको सचिमा रेश्मा श्रेष्ठ र कोषाध्यक्षमा तावी लिम्बु श्रेष्ठ (निकिता) रहनुभएको छ । सदस्यहरुमा रिना जिसी, अन्सु सन्जेल श्रेष्ठ, सुबर्न बोगटी केसी, सिमा श्रेष्ठ, मेनुका शेरचन छन्त्याल, नम्रता कर्माचार्य श्रेष्ठ, अस्मिता बानिया, सुनिता श्रेष्ठ, अजिता बानिया, अजिता तुलाचन, पुनम बस्नेत, कञ्चन केसी, सुष्टि सुबेदी र चिना क्षेत्री रहनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...