गलेश्वरमा निशूल्क आँखा शिविर

Gandaki Ghumau

बेनी । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार मुक्तिहरि राधाकृष्ण मन्दिर रामाजुन मठ सन्त सेवाश्रमको आयोजनामा निशूल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेत्र ज्योति संघ म्याग्दीको प्राबिधिक र नविन आनन्द योग केन्द्रको ब्यवस्थापकीय सहयोगमा गलेश्वर धर्मशालामा शिविरको आयोजना गरिएको थियो । शिविरमा २६६ जनाको आँखा परिक्षण गरिएकोमा १३ जना शल्यक्रिया गर्नुपर्ने बिरामी भेटिएका छन् ।

Gunasthariya Shiksya

जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिक र वरपरका बस्तीका बासिन्दालाई लक्षित गरेर शिविर आयोजना गरिएको हो । नेत्रज्योती संघका प्राबिधिक दिनेश बानियाको टोलीले आँखा परिक्षण र परामर्श सेवा दिनुभएको थियो ।

Shreekrishna

शिविरमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, वडा अध्यक्ष बेलबहादुर चोखाल, गलेश्वर शिवालय क्षेत्र बिकास कोषका उपाध्यक्ष भिमनाथ पराजुली, म्याग्दी उद्योग बाणिज्य संघका दितीय उपाध्यक्ष लिलाराम गौतम, नेत्र ज्योती संघका अध्यक्ष अमर बानिया लगायतको उपस्थिति थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...