म्याग्दीमा बुधबार सम्म दुई हजार भन्दा बढीले कोरोना बिरुद्धको खोप लगाए

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीमा बुधबार सम्म दुई हजार जना भन्दा बढीलाई कोरोना (भाइरस) विरुद्धको खोप लगाइएको छ ।


स्वास्थ्य कार्यालय म्याग्दीले हालसम्म दुई हजार १०३ जनालाई कोरोना (भाइरस) बिरुद्धको (कोभिशिल्ड) खोप लगाइएको जनाएको छ । यसअघि पहिलो चरणमा ८९४ जना स्वास्थ्यकर्मीहरुलाई खोप लगाइएको थियो ।

आइतबारदेखि सुरु भएको दोस्रो चरणको खोप अभियान अन्तरगत बुधबार सम्म एक हजार २०९ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

Shreekrishna

जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, बैंक, बित्तीय संस्था, सरकारी र अन्य कार्यालयका कर्मचारीहरुका लागि एक हजार ४१६ जनालाई दोस्रो चरणमा खोप लगाउने लक्ष्य राखिएको छ ।
बुधबार अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानी स्वास्थ्य चौकीमा सो क्षेत्रका प्राथमिकतामा परेका १५१ जनालाई कोरोना विरुद्धको खोप लगाइएको प्रमुख प्रशासकीय अधिकृत नबिन सुबेदीले जानकारी दिनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, प्रशासकीय अधिकृत सुबेदी लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, सुरक्षाकर्मी, अन्य कार्यालय, बैंक, बित्तीय संस्था, सहकारीका कर्मचारी खोप लगाउन स्वास्थ्य चौकीमा पुग्नुभएको थियो ।

कोरोना अस्पतालकी चिकित्सक लक्ष्मी पन्थि, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवाल लगायत स्वास्थ्यकर्मीहरुले खोप लगाउनुभएको थियो । यसैगरी दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मंगला, मालिका र धवलागिरी गाउँपालिकाका लक्षित समुदायका लागि खोप लगाइएको छ ।

दरवाङमा बुधबार २१३ जनालाई खोप लगाइएको छ । बेनीमा २५४ जना सहित बुधबार एकै दिन तिन ठाउँमा ६१८ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो । दरवाङ र बेनीमा बिहीबार सम्म खोप लगाइने भएकाले छुटेकालाई सम्पर्क गर्न लम्सालले आग्रह गर्नुभएको छ ।

एक भायलमा १० डोज खोप हुन्छ । कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने चिकित्सकहरुले बताएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...