म्याग्दी र मुस्ताङमा पर्यटन पुर्वाधार बनाउन रु. १३ करोड ३६ बिनियोजन

Gandaki Pardesh notice

बेनी । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रर्बधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले म्याग्दी र मुस्ताङका दुई÷दुई वटा योजनामा साझेदारी गर्ने भएको छ ।

सोका लागि रु. १३ करोड ३६ लाख बजेट विनियोजन भएको छ । पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार साझेदारीमा ती आयोजना सञ्चालन हुनेछन् ।

प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मन्त्रालयको गत माघ २९ गतेको मन्त्रीस्तरिय बैठकले आयोजनाको छनोट तथा बजेट विनियोजन गरेको हो ।

Shreekrishna hardwear in news

बेनी नगरपालिका–५ मा रामायण पार्क निर्माण हुने भएको छ । बेनी–५ पछैमा हिन्दु धर्मग्रन्थ रामयणका पात्र रामायणको जन्म भएको स्थानको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । ऐतिहाँसिक धार्मिक स्थलमा रामायण पार्क बनाउन बेनी नगरपालिकाले प्रस्ताव गरेको थियो ।

Bhautik ministry notice about road

रु. तीन करोड २५ लाख लागत अनुमान गरिएको रामायण पार्क निर्माणका लागि मन्त्रालयले रु. दुई करोड ११ लाख र नगरपालिकाले रु. एक करोड १४ लाख लगानी गर्ने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार रामायण पार्कको बिस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।

यसैगरी रघुगंगा गाउँपालिका–५ झिँमा सिद्ध फुटस्टेप एण्ड पार्क बनाउने योजना पनि छनौट भएको छ । यसै वर्ष सकिने रु. एक करोड एक लाख लागत अनुमान गरिएको यो योजनाका लागि पर्यटन मन्त्रालयले रु. ७० लाख र गाउँपालिकाले रु. ३१ लाख लागत साझेदारीमा लगानी गर्ने अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

मुस्ताङको थासाङ गाउँपालिकामा गुरुसाङवो गुफा, सेकुङ, भछुत्रो र टिटि ताल संरक्षण तथा पुर्वाधार निर्माणमा रु. चार करोड ९७ लाख बिनियोजन भएको छ । मन्त्रालयले रु. तीन करोड ४८ लाख र गाउँपालिकाले रु. एक करोढ ४९ लाख साझेदारी गर्ने भएका छन् ।

यसैगरी लोघेकर दामोदर कुण्ड गाउँपालिकाको लो घेकर गुम्बा पुननिर्माण योजना पनि छनौट भएको छ । कुल रु. चार करोड १३ लाख लागत अनुमान गरिएको छ । मन्त्रालयको ७० र पालिकाको ३० प्रतिशत साझेदारीमा योजना कार्यान्वयन हुने बिघटित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

‘‘गत भदौमा मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहबाट साझेदारीका योजनाको प्रस्ताव माग गरेको थियो,’’ उहाँले भन्नुभयो ‘‘माघ अन्तिम साताको मन्त्रीपरिषद् बैठकले मापदण्डमा परेर छनौट भएका योजना स्विकृत गरेपछि कार्यान्वयन चरणमा प्रवेश गरेको छ ।’’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...