सरकारको तीन वर्ष खेर गयो – काँग्रेस नेताहरु

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको तीन वर्ष खेर गएको टिप्पणी गरेका छन् ।

नेपाली काँग्रेस म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको बिरोध सभामा काँग्रेसका नेताहरुले प्रतिनिधिसभा बिघटन गरेर असंबैधानिक काम गरेका प्रधानमन्त्रीले जनमतको अपमान र संबिधानलाई संकटमा पारेको आरोप लगाएका हुन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा महिला बिभाग प्रमुख इश्वरी न्यौपानेले निर्मला पन्त, भागिरथी भट्ट लगायत चेलीहरुको बलात्कार र हत्यामा संलग्नहरुको पहिचान तथा कारबाही गर्न सरकार असफल भएको बताउनुभयो ।

Shreekrishna hardwear in news

आफ्नो पार्टीभित्रको बिवाद ब्यवस्थापन गर्न नसकेर संसद बिघटन गरेका प्रधानमन्त्रीले असक्षमता प्रस्तुत र जनमतको अपमान गरेका बताउनुभयो । प्रतिनिधिसभाको बिषयमा सर्वोच्च अदालतले गर्ने निर्णय मान्नुपर्ने न्यौपानेको थियो ।

नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति डाक्टर भुपेन्द्रबहादुर खड्का, नेपाल महिला संघका सभापति बिमला गौचन, प्रदेश निर्वाचन क्षेत्र ख का सचिव श्रीराम पौडेल, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, दलित संघका त्रिलोकचन्द्र बिक लगायतले महामारीमा पनि सरकारले औषधी खरिदमा भ्रष्ट्राचार गरेको बताउनुभयो ।

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको अध्यक्षता, उपसभापति माधवप्रसाद रेग्मीको स्वागत र सहसचिव भरत रकालको सञ्चालनमा भएको कार्यक्रमलाई बर्षाले प्रभावित बनाएको थियो ।

Bhautik ministry notice about road

संबिधान बिपरित आफ्नै बहुमत भएको प्रतिनिधिसभा बिघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध देशब्यापी कार्यक्रम अन्तरगत बेनीमा प्रर्दशन र सभा गरेका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै सोही ठाउँमा पुगेर सभामा परिणत भएको थियो ।

प्रर्दशन र सभामा सहभागि हुन सदरमुकाम आसपासका साथै गाउँ गाउँबाट पनि नेता कार्यकर्ताहरु बेनीमा आएका छन् । उनिहरुले प्रधानमन्त्री ओलीको संसद बिघटन गर्ने कदम गलत र असंबैधानिक भएको, देशमा राजनीतिक अस्थिरता निम्ताएको, महँगो र भ्रष्ट्राचार नियन्त्रणमा बेवास्ता गरेको, बिकास निर्माणलाई उखान टुक्कामै सिमित बनाएको जस्ता नारा लगाएका छन् ।

सोमबारको बिरोध प्रर्दशनलाई म्याग्दीका काँग्रेसका नेताहरुले आफ्नो शक्ति प्रर्दशन भएको बताएका छन् । पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ ।

नेपाली कांग्रेसको पुस १३ गते बसेको कांग्रेस केन्द्रिय समितिको बैठकले अहिलेको राजनीतिक संक्रमणको सबैभन्दा उत्तम समाधान संसद पुनर्स्थापना भएको निश्कर्षसहित आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको थियो । यसअघि कांग्रेसले माघ १९ मा कांग्रेसका १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गरिएको थियो ।

त्यसैगरी संसद विघटनविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते ७५३ वटा पालिकाका ६,७४३ वडामा एकसाथ विरोध प्रदर्शन गरेको थियो । कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । माघ ८ गते कांग्रेसले ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...