ओलीको असंबैधानिक कदम बिरुद्ध बेनीमा काँग्रेसको बिरोध प्रर्दशन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । संबिधान बिपरित आफ्नै बहुमत भएको प्रतिनिधिसभा बिघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नपाली काँग्रेस म्याग्दीले सोमबार सदरमुकाम बेनी बजारमा बिरोध प्रर्दशन गरेको छ ।

देशब्यापी कार्यक्रम अन्तरगत बेनीमा भएको बिरोध प्रर्दशन पछि जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा हुने सभालाई केन्द्रिय सदस्य तथा संबिधानसभा सदस्य इश्वरी न्यौपाने लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस म्याग्दीका प्रवत्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।

Shreekrishna

जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै सोही ठाउँमा पुगेर सभामा परिणत हुने श्रेष्ठले बताउनुभयो । प्रर्दशन र सभामा सहभागि हुन सदरमुकाम आसपासका साथै गाउँ गाउँबाट पनि नेता कार्यकर्ताहरु बेनीमा आएका छन् ।

उनिहरुले प्रधानमन्त्री ओलीको संसद बिघटन गर्ने कदम गलत र असंबैधानिक भएको, देशमा राजनीतिक अस्थिरता निम्ताएको, महँगो र भ्रष्ट्राचार नियन्त्रणमा बेवास्ता गरेको, बिकास निर्माणलाई उखान टुक्कामै सिमित बनाएको जस्ता नारा लगाएका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सोमबारको बिरोध प्रर्दशनलाई म्याग्दीका काँग्रेसका नेताहरुले आफ्नो शक्ति प्रर्दशन भएको बताएका छन् । पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ ।

नेपाली कांग्रेसको पुस १३ गते बसेको कांग्रेस केन्द्रिय समितिको बैठकले अहिलेको राजनीतिक संक्रमणको सबैभन्दा उत्तम समाधान संसद पुनर्स्थापना भएको निश्कर्षसहित आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको थियो । यसअघि कांग्रेसले माघ १९ मा कांग्रेसका १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गरिएको थियो ।

त्यसैगरी संसद विघटनविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते ७५३ वटा पालिकाका ६,७४३ वडामा एकसाथ विरोध प्रदर्शन गरेको थियो । कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । माघ ८ गते कांग्रेसले ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गरेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...