निवर्तमान सांसदका सहयोगीले साथ छोडेपछि म्याग्दीको ओली समूहमा रुवाबासी

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । बिघटित प्रतिनिधीसभाका सदस्य भुपेन्द्रबहादुर थापा र पुर्व मन्त्री थममाया थापाको निजी सचिवालयमा रहेर काम गरेका नेताहरु सहित नेकपाको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चका पुर्व अध्यक्षहरुले उनिहरुको साथ छोडेका छन् ।

ओली समूहका स्थायी कमिटि सदस्य थममाया थापा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हुँदा उहाँको स्वकीय सचिवको रुपमा काम गर्नुभएका याम गर्बुजा, निबर्तमान सांसद थापाका स्वकीय सचिब पदमलाल सापकोटा लगायत मञ्चका पाँच जना पुर्व अध्यक्षहरुले शनिबार एक बिज्ञप्ति प्रकाशन गर्दै ओलीको प्रतिगामी कदमलाई साथ नदिन सार्वजनिक अपिल गर्नुभएको हो ।

बरंजाका सापकोटा मञ्चको वर्तमान कार्यसमितिका अध्यक्ष र धवलागिरी गाउँपालिका–६ मराङका गर्बुजाले आफ्नै बहुमत भएको प्रतिनिधिसभा असबैधानिक रुपमा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध विज्ञप्ति निकालेपछि उहाँहरुले राजनीतिक रुपमा नेताद्धयका साथ छाडेको पुष्टि भएको हो ।

Shreekrishna

गर्बुजा पनि पुर्व मन्त्री थापाका नातेदार पर्नुहुन्छ । मन्त्री, सांसद हुदाँ विश्वास पात्रकै रुपमा नियुक्ति खाएका व्यक्तिहरुले प्रतिनिधिसभा पुनस्थापनाको माग सहित आन्दोलनरत प्रचण्ड–नेपाल समूहको नेकपालाई साथ दिएपछि ओली समूहमा रुवाबासी चलेको नेताहरुले बताएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

विज्ञप्ति निकालेर ओलीको कदम विरुद्ध उत्रिन जनतालाई अपिल गर्नेमा तत्कालीन नेकपा (एमाले)को म्याग्दी–काठमाण्डौ सम्पर्क मञ्चका पूर्व अध्यक्षहरु प्राध्यापक डाक्टर हुमबहादुर बरुवाल, याम श्रेष्ठ र शोभियत खड्का पनि हुनुहुन्छ ।

बरुवाललाई मन्त्री थापाले समाज कल्याण परिषद् अन्तरगतको स्वास्थ्य सेवा कोषमा नियुक्ति गर्नुभएको थियो । श्रेष्ठ नेकपाको ओली समूहको जिल्ला सचिव हरिकृष्ण श्रेष्ठको आफन्त पर्नुहुन्छ । सचिव श्रेष्ठका भाई महेश बामदेव गौतमले घोषणा गर्नुभएको नेकपा एकता अभियानको केन्द्रिय सदस्य बन्नुभएको छ ।

लामो समय म्याग्दीको वामपन्थी र बिशेष गरि तत्कालिन नेकपा एमालको राजनीतिमा आफ्नो जीवनका उर्जाशील समय बिताएका र बुद्धिजीवी तथा परिपक्क नागरिकको छवि बनाएकाहरु प्रतिगमनको विरुद्धमा उत्रिएपछि ओली समूहलाई म्याग्दीमा धक्का लाग्ने बिश्लेषण गरिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...