बिद्यार्थी संगै स्कुल जान्छन सर्वोदयका अभिभावक

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा रहेको सर्बोदय माबिका अभिभावक बिद्यार्थीसँगै स्कुल जान थालेका छन् ।

प्रत्येक दिन दुई जनाका दरले पालो लगाएर बिद्यालय जान थालेका हुन् । बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघको गत पुष ६ गतेदेखि आलोपालो गरेर अभिभावक बिद्यालय आउने निर्णय गरेको थियो ।

बिद्यार्थी र शिक्षकको नियमित उपस्थितिको निगरानी, पोशाक, अनुशासन र पढाइको बारेमा जानकारी लिन अभिभावक बिद्यालय जान थालेका हुन् । उनिहरुले आफ्ना छोराछोरीको पढाइको बारेमा कक्षा शिक्षक र प्रअसँग छलफल पनि गर्छन् ।

Shreekrishna hardwear in news

शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकको सहभागिताका लागि यस्तो कार्यक्रम बनाएको बिद्यालयका सहायक प्रअ गोबिन्द थापाले बताउनुभयो । ‘अभिभावकले आफ्ना छोराछोरीको शिक्षामा ध्यान दिउन भनेर पालो लगाएर बिद्यालय आउने नियम बनाइएको हो,’ उहाँले भन्नुभयो ‘यसबाट शिक्षक र बिद्यार्थीहरुलाई पनि सजग बनाउने अपेक्षा छ ।’

Bhautik ministry notice about road

प्रत्येक दिन दुई जना अभिभावक बिद्यालय जाने पालो तोकिएको छ । कक्षा १२ सम्म पढाई हुने सर्वोदय माबिमा २८२ जना बिद्यार्थी छन् । यो बिद्यालयले दक्षिण कोरीयाको टेलिकम र अम हङ गिल फाउण्डेशनको सहयोगमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापनाका साथै इन्टरनेटको प्रयोगबाट पठनपाठन सञ्चालन गरिएको हो ।

कक्षा ११ का २२ र १२ का १९ जना विद्यार्थीहरुलाई दक्षिण कोरीयामा रहेका स्वमसेवक प्रकाश धमलाले हप्ताको १ दिन एक÷एक घण्टाका दरले टेलीटिचिङ गराउदै आउनुभएको थियो । कक्षा कोठाको अगाडी राखिएको विद्युतीय पर्दामा हेरेर वेभ क्यामेरा र इन्टरनेटको प्रयोग गरि पढ्ने पढाउने गरेका छन् ।

कक्षा ९ र १० लाई पनि टेलिटिचिङ माध्यमबाट पठनपाठन गराउने तयारी भएको छ । पर्दामा शिक्षक र विद्यार्थीको दृष्य एक अर्काले देख्न र आवाज सुनेर आमने सामने भए जसरी कुराकानी गर्छन् ।

सर्वोदय माविको ९ कोठे भवन र कम्प्युटर ल्याब सञ्चालन गर्न पनि दक्षिण कोरीयाको अम हङ गिल फाउण्डेशनले सहयोग गरेको छ । मासिक २७ हजार रुपैया इन्टरनेटको शूल्क पनि संस्थालेनै व्यवस्था गरेको छ । यसअघि १६ वटा ल्यापटप सहयोग गरेको संस्थाले थप २१ वटा उपलब्ध गराएको छ ।

सर्वोदय माविले कक्षा १ र २ मा अंग्रेजी माध्यमका साथै कक्षा ६ देखि ९ सम्म कम्प्युटर विषयको पठनपाठन गराएको छ । शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको पढाइप्रति रुचि बढाउन प्रबिधि प्रयोगको निरन्तरताका लागि शिक्षकको क्षमता विकास र स्रोत साधनको व्यवस्थापनमा जोड दिएको ब्यवस्थापन समितिका अध्यक्ष बुद्धी पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...