कृषिका कार्यक्रम पाउने कृषक, समूह र सहकारी छनौट

Gandaki Pardesh notice

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन गर्ने बिभिन्न अनुदानका कार्यक्रमका लागि कृषक, समूह र सहकारी संस्था छनौट गरेको छ ।

सार्वजनिक सूचना आव्हान गरेर संकलन भएका प्रस्तावहरुको स्थलगत अध्ययनपछि विभिन्न मापदण्ड पुरा गरेका कृषी फर्म, समूह र सहकारी संस्था छनौट गरेको हो । छनौट भएकाहरुसँग सम्झौता गरि कार्यक्रम कार्यान्वयन प्रक्रियाका बिषयमा अभिमुखीकरण समेत गरिसकेको केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनुभयो ।

छनौट भएका कार्यक्रम कार्यान्वयनका क्रममा कृषि फर्म, समुह र सहकारीले कार्यक्रम अनुसार पचास देखि ९० प्रतिशत सम्म अनुदान पाउँछन् । १५ लाख रुपैयाँ बजेट रहेको स्थानीय कृषि उपज बिक्री केन्द्रका लागि सिंगाको बास्कुना र मालिका गाउँपालिकाको आत्मनिर्भर कृषि सहकारी संस्था छनौट भएको छ ।

Shreekrishna hardwear in news

१२ लाख रुपैयाँ बजेट भएको कृषि उपज संकलन केन्द्र निर्माण गर्ने कार्यक्रममा रघुगंगा कृषक समूह र आठ लाख १६ हजार बजेट रहेको प्राङ्गारिक मल उत्पादन कार्यक्रममा तीन वटा समूह सहकारी छनौट भएका छन् ।

३० वटा कृषक समूह र सहकारी संस्थालाई साना सिचाई योजना निर्माण गर्न एक करोड १० लाख रुपैयाँ उपलब्ध गराउन छनौट भएको केन्द्रले जनाएको छ । चार वटा कृषि फर्मले चार लाख रुपैयाँ बजेट भएको विउ त्पादक कृषकलाई विउ तथा कृषि औजार सहयोग कार्यक्रमको अनुदान पाउने भएका छन् ।

१६ लाख बजेट भएको ग्रामिण क्षेत्रमा करेसाबारी तथा घर बगैचा स्थापना कार्यक्रममा ४ वटा समूह छानिएका छन् । ३७ जना कृषकहरुलाई कृषि यन्त्र खरिदका लागि अनुदान दिइने भएको छ । ३२५ रोपनी बाँझो जमिनमा खेति गर्न प्रति रोपनी तिन हजारका लागि हालसम्म नौ लाख ७५ हजार रुपैयाँ माग भएको छ । यो कार्यक्रममा अपेक्षा अनुसार आवेदन नपरेकाले बजेट बितरण गर्न बाँकी छ ।

Bhautik ministry notice about road

५ वटा फलफुल बिरुवा नर्सरी स्रोत केन्द्र स्थापना गर्न दश लाख रुपैयाँ दिइने भएको छ । दश लाख रुपैयाँ बजेट भएको कलस्टरमा रैथाने बाली संरक्षण कार्यक्रममा ३ वटा समूह छानिएका छन् । ३४ वटा समूह सहकारी र फर्मले च्याउ, किबि, पुष्प, तरकारी, स्याउ, ओखर, मौरीपालन लगायतको साना ब्यवसायिक फर्म स्थापना गर्न ५१ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।

भकिम्ली ग्रामिण कृषि सहकारी संस्थाले सहकारीको लागि खुल्ला जमिन प्राङ्गगारिक खेति कार्यक्रमको सात लाख रुपैयाँ बजेट पाएको छ । १५ लाख रुपैयाँ बजेट भएको एकल फर्मका लागि खुल्ला जमिन प्राङ्गारिक खेति कार्यक्रमका लागि १२ वटा फर्म दर्ता भएका छन् ।

२६ वटाले पलास्टिक घर बिस्तार कार्यक्रम मार्फत ३१ लाख ७३ हजार, कृषि उपजको प्याकिङ तथा लोगो छपाउन प्रकृति र दोभान स्थानीय उत्पादन केन्द्रले ५०÷५० हजार अनुदान पाउने भएका छन् । दुई वटा समूहलाई रैथाने बाली बिज बृद्धी कार्यक्रमको ६८÷६८ हजार र ४ वटालाई रैथाने बाली ब्यवसायिक उत्पादन कार्यक्रमको चार लाख दश हजार उपलब्ध गराइने भएको छ ।

ब्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रमको एक करोड ३६ लाख रुपैयाँ ६ वटा नयाँ ब्लक स्थापना गर्न २२ लाख ७२ हजारका दरले बिनियोजन भएको छ । बेनपा ४ र मंगला ३ लाई समेटेर सुन्तला, रघुगंगाको कुइनेमंगलेमा आलु, अन्नपूर्णको नागी, राम्चे र काफलडाडामा पनि आलु, मंगलाको ३, ४ र ५ को माथिल्लो क्षेत्रलाई आलु, मालिकाको ४, ५, ६ र ७ नम्बर वडालाई सुन्तला र धवलागिरीको ताकमलाई धानको बल्क कार्यक्रममा छनौट गरिएको छ ।

हिमाली जिल्लामा खाद्यान्नको ब्लकमा ५० हेक्टर, आलुमा २० हेक्टर र फलफुलमा ३० हेक्टर क्षेत्रफल तोकिएको छ । उन्नत प्रबिधि प्रर्दशनी कार्यक्रमलाई १२ लाख रुपैयाँ बिनियोजन भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...