पिपिसी सिमेन्ट फिर्ता गर्न मंगला गाउँपालिकाको नमुना सडक आयोजनाका ठेकेदारलाई निर्देशन

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले सम्झौता अघिनै निर्माण स्थलमा लगेको पिपिसी सिमेन्ट फिर्ता गर्न ठेकेदारलाई निर्देशन दिएको छ ।

वडा न. ३ र ४ मा पर्ने बरंजालाई गाउँपालिकाको केन्द्र बाबियाचौर जोड्ने नमुना सडक आयोजनाका ठेकेदार देव एण्ड सायर–तिलक जेभीले ज्यामीरेमा तोकिएको भन्दा फरक गुणस्तरको सिमेन्ट लगेर सम्झौता अघिनै भण्डारण गरेको बिषयमा धौलागिरी खबर अनलाइन लगायतका सञ्चार माध्यममा मंगलबार समाचार सार्वजनिक भएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले निर्माण कम्पनीका प्रतिनिधिलाई पिपिसी सिमेन्ट फिर्ता गरेर डिजाइन र लागत अनुमान तथा सम्झौतामा उल्लेख भए अनुसार ओपिसी सिमेन्ट प्रयोग गर्न निर्देशन दिएको बताउनुभयो । बुधबार सम्म सिमेन्ट फिर्ता गर्ने ठेकेदारले प्रतिवद्धता जनाएका छन् ।

Shreekrishna hardwear in news

“हिजो सम्झौता गरेको कम्पनीले काम पनि सुरु गरिसकेको छ,” उहाँले भन्नुभयो “सम्झौतामा उल्लेख भएको भन्दा फरक किसिमको पिपिसी सिमेन्ट फिर्ता गरेर ओपिसी प्रयोग गर्न निर्देशन दिएका छौ ।” तीन करोड ३४ लाख रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाको भ्याट सहित दुई करोड असी लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

आगामी असार महिनाभित्र आयोजना निर्माण गरिसक्ने लक्ष्य छ । ठेकेदारले केही दिन अघि ज्यामिरेमा अग्नी ब्राण्डको ३०० बोरा पिपिसी र ५० बोरा ओपिसी सिमेन्ट लगेर भण्डारण गरेका थिए । प्रशासकीय अधिकृत ढुङ्गानाले सम्झौता नहुदै लगिएको निर्माण सामग्रिको बिषयमा प्रतिक्रिया दिदाँ अलमल भएपनि सम्झौता भएपछि प्राबिधिकसँग बुझेर आवश्यक कदम चालेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले श्रीमति बिरामी भएर आफु पोखरा भएको समयमा सम्झौता नहुदै ठेकेदारले बदमासी गर्न खोजेको समाचार सार्वजनिक भएपछि कर्मचारी र प्राबिधिकहरुलाई स्थलगत निरिक्षण गर्न निर्देशन दिएको बताउनुभयो ।

Bhautik ministry notice about road

“ठेकेदारको बदमासीमा हामी पदाधीकारीलाई मुछिएकोमा आपत्ति छ,” अध्यक्ष रोकाले भन्नुभयो “बिकास आयोजनालाई समयमै गुणस्तरीय हिसाबले सम्पन्न गराउनुपर्छ भनेर लाग्दा आफै ठेकेदारको तारो बन्नुपरेको अवस्थामा ठेकेदारसँग मिलेको भन्ने आरोप लगाइदा दुख लागेको छ ।”
अध्यक्ष रोकाले पदाधीकारीको रुपमा आफूले पाएको सुबिधा समेत समस्यामा परेका बिद्यालय र सामाजिक संघ संस्थालाई सहयोग गर्दै आएका छन् । तिलक निर्माण सेवाका सञ्चालक भुपेन्द्र खड्काले छोटो अवधिमा काम सक्नुपर्ने भएकाले सम्झौताको प्रक्रियासँगै निर्माण सामग्री जुटाउने क्रममा सिमेन्ट लगेर ज्यामीरेमा भण्डारण गरेको प्रतिक्रिया दिनुभयो ।

“पिपिसी सिमेन्ट ढलानका लागि नभएर मेसिनरी पर्खाल निर्माणका लागि लगिएको हो,” खड्काले भन्नुभयो “गाउँपालिकाले तोकेको र हामीले कबोलेको गुणस्तरको निर्माण सामग्रीको प्रयोग गर्न प्रतिवद्ध छौ ।”

खड्काले ज्यामीरेमा मेसिनरी पर्खाल लगाउने बताएपनि सो क्षेत्रमा गत वर्षकै ठेक्काबाट ग्याबियन पर्खाल र नाली निर्माण भएको छ । यस वर्ष सडक ढलान गर्ने डिजाइन गरिएको ठाउँमा किन पिपिसी सिमेन्ट लगेर राखे ? भन्ने प्रश्न उठेको थियो ।

ढलानमा ओपिसी सिमेन्ट प्रयोग गर्नुपर्नेमा पिपिसी सिमेन्ट प्रयोग गर्न लागिएको भन्दै स्थानीयबासीले बिरोध गरेका थिए । प्राबिधिकहरुका अनुसार ढिलो सेट हुने पिपिसी सिमेन्ट छिटो जम्ने र बढी मूल्य पर्ने ओपिसी सिमेन्ट भन्दा सस्तो पर्छ । हाल म्याग्दीको बजारमा पिपिसी र ओपिसीको मूल्यमा प्रतिबोरा ११० रुपैयाँ अन्तर छ ।

राष्ट्रिय योजना आयोग सँगको साझेदारीमा गाउँपालिकाले बि.स.२०७५ मा ट्याक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ न. वडा कार्यालय हुदै ४ नम्बर वडाको कार्यालय रहेको बुकेनी जोड्ने सडकको पोक देखि ज्यामीरे हुदै पहिरो खोरीया सम्मको पहिलो खण्डको स्तरोन्नति कार्य हालै सकिएको थियो ।

साबिक बरंजा गाबिसमा पर्ने ३ र ४ नम्बर वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई गाउँपालिकाले प्राथमिकता दिएको छ । यो सडकबाट एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुने भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...