मंगलाको सडक आयोजनामा मिलेमतोमा ठेकेदारको बद्मासी

Gandaki Pardesh notice

सन्तोष गौतम

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको वडा न. ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नतिका लागि सञ्चालित सडक आयोजनाका ठेकेदारले ठेक्का सम्झौता नगर्दै बद्मासी गर्न थालेका छन् ।

ठेक्का प्रतिस्पर्धामा छनौट भएको देब एण्ड सायर–तिलक जेभीका प्रतिनिधिले सम्झौता नहुँदै आयोजना निर्माण स्थलमा कम गुणस्तरको निर्माण सामग्री लगेर भण्डारण गरेका हुन् । सडक खण्डको ज्यामिरे स्थित एक व्यक्तिको घरमा केही दिनअघि ठेकेदार कम्पनीका प्रतिनिधिले अग्नी ब्राण्डको ३५० बोरा पिपिसि सिमेन्ट लगेर भण्डारण गरेका थिए ।

Shreekrishna hardwear in news

गाउँपालिकाका पदाधीकारी, कर्मचारी र प्राबिधिकको मिलेमतोमा ओपिसी सिमेन्ट प्रयोग गर्नुपर्नेमा पिपिसी सिमेन्ट प्रयोग गर्न लागिएको भन्दै स्थानीयबासीले बिरोध गरेका छन् । प्राबिधिकहरुका अनुसार ढिलो सेट हुने पिपिसी सिमेन्ट छिटो जम्ने र बढी मूल्य पर्ने ओपिसी सिमेन्ट भन्दा सस्तो पर्छ ।

यसैगरी क्रसरबाट प्रसोधन गरिएको गिट्टी बालुवा प्रयोग गर्ने कबोलेका ठेकेदारले म्याग्दी खोलाको अप्रसोधित गुणस्तर हिन बालुवा लगेर निर्माण स्थलमा थुपार्न थालेका छन् । राष्ट्रिय योजना आयोग सँगको साझेदारीमा गाउँपालिकाले दुई करोड ८० लाख रुपैयाँ कबोलेको देब एण्ड सायर तिलक जेभीसँग ठेक्का सम्झौताको प्रक्रिया अघि बढाएको छ । तीन करोड ३४ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो ।

Bhautik ministry notice about road

कम कबोलेको सो कम्पनीसँग सोमबार दिउँसोसम्म सम्झौता भने भइसकेको छैन् । सम्झौता नगर्दै ठेकेदारले निर्माण स्थलमा कम गुणस्तरको निर्माण सामग्री आपुर्ति गर्नुलाई मिलेमतो र रहस्यको रुपमा शंका गर्न थालेका छन्् । सो आयोजनाको प्रतिनिधि म्याग्दीमा धेरै सडक र बिकास आयोजना ठेक्का लिएर अलपत्र पार्दै आएका निर्माण ब्यवसायी संघ म्याग्दीका बरिष्ठ उपाध्यक्ष बिपिन खड्का हुन् ।

मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले कुन गुणस्तरको सिमेन्ट प्रयोग गर्ने भन्ने तय र ठेक्का सम्झौता पनि भइनसकेको भन्दै ठेकेदारको संरक्षण गर्ने हिसाबले प्रतिक्रिया दिनुभयो । इञ्जिनियर सुजन पौडेलले भने स्थानीयबासीले गुनासो गरेपछि प्राबिधिक बिपिन आचार्यलाई गोदाम निरिक्षणका लागि पठाएको बताउनुभयो ।

सो आयोजना निर्माण ब्यवसायी खड्काले प्राबिधिक, कर्मचारी र पदाधीकारीसँगको ‘सेटिङ’मा ठेक्का लिएको गुनासो आएको छ । खड्काले भने गाउँपालिकासँग समन्वय नगरी निर्माण स्थलमा कम गुणस्तरको सिमेन्ट लैजाने कमजोरी भएको भन्दै त्यसलाई फिर्ता गर्ने प्रतिक्रिया दिनुभयो ।

बि.स.२०७५ मा गाउँपालिकाले ट्याक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ न. वडा कार्यालय हुदै ४ नम्बर वडाको कार्यालय रहेको बुकेनी जोड्ने सडकको पोक देखि ज्यामीरे हुदै पहिरो खोरीया सम्मको पहिलो खण्डको स्तरोन्नति कार्य हालै सकिएको थियो ।

साबिक बरंजा गाबिसमा पर्ने ३ र ४ नम्बर वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई गाउँपालिकाले प्राथमिकता दिएको छ । यो सडकबाट एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुने भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...