म्याग्दी उद्योग बाणिज्य संघको ११ औ अधिवेशन सुरु

Gandaki Pardesh notice

धैर्यताका साथ अदालतको निर्णय कुर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

बेनी । म्याग्दी उद्योग बाणिज्य संघको २७ औ साधारणसभा तथा ११ औ अधिवेशनको शनिबार बेनीमा सुरु भएको छ ।

Shreekrishna hardwear in news

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले राजनीतिक स्थिरता कायम गर्न दलहरुलाई अदालतको फैसला कुर्न आग्रह गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा बिघटन सम्बन्धी बिषयमा धैर्यताका साथ अदालतको फैसला कुर्न र सो अनुसार अघि बढ्नुको बिकल्प नभएको बताउनुभयो ।

“देशलाई फेरी स्थिरताको दिशा तिर लैजान दलहरु लाग्नै पर्छ । दलको बिकल्प अरु हुनै सक्दैन,” उहाँले भन्नुभयो “अब राजतन्त्र फर्कने, हिन्दु राष्ट्र घोषणा हुने सम्भावना छैन् । त्यो एक जनाले घोषणा गरेर हुदैन् । गणतन्त्रको त बिकल्प सोच्ने संबिधानमा ठाउनै छैन ।”

Bhautik ministry notice about road

राजनीतिक स्थिरता, शुसासन र बिकासका लागि एउटा पार्टीलाई जनताले पाँच वर्षको सरकार चलाउन बहुमत दिएको बताउदै अध्यक्ष तिमिल्सिनाले नेकपाको आन्तरिक कारणले प्रतिनिधिसभा बिघटन हुने अवस्था आउनु दुखद भएको बताउनुभयो ।

“नेपालका राजनीतिक दलहरु आन्दोलन गर्न बडा सिपालु छौ । उपलब्धिलाई जनताको पक्षमा प्रयोग गर्ने बेलामा आफै झगडा गरेर जनताको अभिमतलाई कुठाराघात भएको छ,” तिमिल्सिनाले भन्नुभयो “शान्त भएर अब अदालतको निर्णय कुर्ने र मानेर अघि बढ्नुको बिकल्प छैन् ।”

अदालतले आफू अनुकुलको निर्णय गर्दा ठिक र नगरे बेठिक भन्न नमिल्ने अध्यक्ष तिमिल्सीनाले बताउनुभयो । संसद बिघटन सदर गरे सबै चुनाव तिर होमिनुपर्ने बताउनुभयो । सरकारले घोषणा गरेको चुनाव हुन्छ की हुदैन भनेर दोधारमा नपरी वातावरण बनाउन आग्रह गर्नुभयो ।
“मिति घोषणा भएको चुनाव नगरेर हुन्छ ?,” उहाँले प्रश्न गर्नुभयो “चुनाव गराउन सबैले दवाव दिनुपर्छ ।”

मालढुङ्गा–बेनी सडक स्तरोन्नित गर्न दुई हप्ताभित्र एक अर्बको ठेक्का सम्झौता हुन लागेको, बेनी–जोमसोम–कोरला, बेनी–दरवाङ सडक आयोजनालाई छिटो सम्पन्न गराउन पहल गरेको, बेनीको कालीपुल देखि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने मोटरेबल पुल बनाउन बजेट बिनियोजन गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

बिघटित प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापा, संबिधानसभा सदस्य नवराज शर्मा, रेशम बानिया, गोबिन्द पौडेल, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ लगायतले म्याग्दीका बिकास आयोजनामा ढिलासुस्ति भएकोप्रति ध्यानाकर्षण गराउनुभयो । दाना–कुश्मा प्रशारण लाइन बनिसकेको र डाडाखेत–राहुघाट सबस्टेशन निर्माणको तयारी भएकाले जलबिद्युत आयोजनाहरुलाई तिब्रता दिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग बाण्ज्यि महासंघका पुर्ब उपाध्यक्ष प्रमोद श्रेष्ठ, केन्द्रीय सदस्य कुबिर श्रेष्ठ लगायत उद्योगी ब्यवसायीहरुले लगानी र उद्योगमैत्री वातावरण बनाउन आग्रह गर्नुभयो अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि संघको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता, महासचिव लिलाराम गौतमले सञ्चालन गरेको कार्यक्रमको बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले समापन गर्नुभएको थियो । उद्घाटन सत्र सकिएपछि बन्दसत्र सुरु भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...