कालीपुलमा महादेवको मुर्ति अनावरण

Gandaki Pardesh notice

बेनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शनिबार म्याग्दी जिल्लाको प्रवेशद्धार कालीपुल बसपार्कमा स्थापना भएको महादेवको मुर्ति अनावरण गर्नुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ स्थापना भएको ५० औ वर्ष पारेर निर्माण भएको हिन्दु धर्मावलम्बीहरुको भगवान शिवको मुर्ति २७ औ साधारणसभा तथा ११ औ अधिवेशनको अवसरमा अनावरण गरिएको हो । रु. तीन लाखको लागतमा निर्माण भएको मुर्ति १० फिट अग्लो भएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

Bhautik ministry notice about road

“उद्योग बाणिज्य संघको ५० औ वर्षगाठ मनाउने क्रममा धार्मिक पर्यटन प्रर्वद्धनमा सघाउने उद्देश्यले महादेवको मुर्ति स्थापना गरेका हौ,” यहाँले भन्नुभयो “म्याग्दी र मुस्ताङ जाने आउने पर्यटकहरुले बेनीको पहिचान स्वरुप यहाँ तस्बिर खिच्न सक्छन् ।”

Shreekrishna hardwear in news

कालीपुल बसपार्क म्याग्दीको मुख्य प्रवेशद्धार हो । कालीपुल बसपार्क भएर मुस्ताङ जाने आउने सवारी साधन आवत जावत गर्छन् । स्तम्भको माथिल्लो भागमा शिव ध्यान बसेको आकृतिको आकर्षक मुर्ति राखिएको म्याग्दी उद्योग बाणिज्य संघका महासचिव लिलाराम गौतमले बताउनुभयो ।

२०७७ असोज १९ गते बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले मुर्तिको शिलन्यास गर्नुभएको थियो । अध्यक्ष तिमिल्सीना म्याग्दी उद्योग बाणिज्य संघको ११ औ अधिवेशनको उद्घाटन समारोहमा सहभागि हुन बेनी आउनुभएको हो । अधिवेशनबाट संघको आगामी तीन बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...